काठमाडौं- सोमबार कारोबार सुरु भएको ४० मिनेटमा नकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार मंगलबार भने कारोबार सुरु भएको ४८ मिनेटमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार ११ बजे बजार खुल्ने बित्तिकै बढ्न थालेको सेयर बजारमा एक घण्टा नपुग्दै सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ।
नेप्सेमा ४ प्रतिशत अर्थात् ४७ दशमलव ५८ अंकको वृद्धि देखिएपछि कारोबार केहि समयका लागि रोकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।