• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अनि तोडियो भारतको रवाफ

64x64
सराेज तामाङ सोमबार, असार १५, २०७७  १२:१३
1140x725

मोरङ- पुलिसको जागिरे बन्ने ध्याउन्नमा मनमाया लिम्बुले पाँच महिना जति त विराटनगर-काठमामाडौं-बुटवल गरेर बिताइन्। तर हात लाग्यो शून्य। असफल बनेको परिचय लिएर उनी घर लेटाङ फर्किइन्। 

अन्तर्राष्ट्रिय खेलाडी बन्ने धोकोसँगै २०६८ सालमा पुलिसमा पुगिन्। सबैमा पास तर हाइटमा फेल भएर घर फर्किंदाको दुःखले मनमायालाई लामो समय पिरोल्यो। तर मेहनतको फलले लामो समय पर्खाए पनि एउटा सफलता दिन्छ नै। मनमायाले पनि पाइन्। पुराना चोटहरु बिर्साउने गरी नयाँ उचाइ। 

गोठालोमा दिन कटाउन साथी बनाएको फुटबलले नै उनलाई साथ दियो। पहिले त मोजाको बल अनि प्लास्टिक हुँदै साच्चैको फुटबलमा गोडा पुग्दा मनमाया खेलाडी देखिइसकेकी थिइन्। 

लेटाङमा पुरुषको फुटबल प्रतियोगिता धेरै हुने। त्यही खेलहरु हेर्दा मनमायालाई पनि खेल्न औधि मन लाग्थ्यो। तर पुरुषको जस्तो महिलाको प्रतियोगिता कहाँ हुन्छ र! देशमै त महिला र पुरुष फुटबलको आकास पातलको खाडल छ। लेटाङ अलि परैको कुरा।

घर नजिकैको श्री महाभारत विद्यालयमा कक्षा सात सकाएर श्री शिक्षा विकास विद्यालयमा कक्षा आठमा भर्ना भइन्। यहि बेला मनमायाले पहिलो पटक फुटबल खेल्नका लागि छनोटमा भिडिन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको अन्तर विद्यालय कोकाकोला कपमा उनले राधिका माविबाट खेलिन्। आफ्नो पहिलो प्रतियोगितामा उपविजेता बनेको उनी सुनाउँछिन्, ‘२६-२७ दिनको काठमाडौं बसाई भएको थियो। नेपाल बन्दले ठ्याक्कै हामी फसेका थियौं। मैले खेलेको यही पहिलो प्रतियोगिता हो।’

अब फुटबल छुदिनँ भन्नेसम्म भयो
कोकाकोला कपपछि एसएलसी हुँदै प्लस टुसम्म पास गरिन्। तर स्थानीय स्तरमा साथीभाइसँग बेला बखत फुटबल खेलेको बाहेक कुनै प्रतियोगिता पनि खेलिनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तीन दाजु र चार दिदीपछिको कान्छी छोरी मनमाया। बगरहरुमा बल उफार्दै खेल्दै यस्तै चलिरहेको थियो। लेटाङ क्याम्पसमा स्नातक तहमा भर्ना भइन्। यही बेला उनलाई पुलिसले खेलाडी कोटामा जागिर खुलाएको छ भन्ने कुरा थाहा भयो।

पुलिस क्लबबाट खेलाडीको कोटामा जागिरै खुवाउने सर्तमा उनी लगायत धेरैलाई बोलाएको थियो। आफ्नो जिन्दगी नै बन्छ भने किन नजाने मनमायाको मनमा यस्तै लाग्यो। ट्रायलका लागि काठमाडौं गइन्।

कहिल्यै प्रशिक्षकबाट अभ्यास नगरेकी मनमायालाई पुलिस क्लबमा पुगेपछि सबै नयाँ लाग्यो। उनले त्यस्तो अभ्यास हुन्छ भनेर सोचेकी पनि थिइनन्। सुरु सुरुमा त उनलाई गाह्रो भयो तर विस्तारै बानी परेपछि रमाइलोसँगै आफ्नो उज्ज्वल भविष्य देखिरहेकी थिइन्। ओहो! म त खेलाडी जागिरे। मनमायाको मनमा यस्तै लड्डुहरु फुटिरहेको थियो।

‘ट्रेनिङ यति कडा थियो कि एउटै खेलाडीलाई तीन पटकसम्म छनोटमा प्रतिस्पर्धा गराउनु भयो। रिजल्ट पनि आयो। खुशी पनि भएँ। नाम निस्किएछ,’ मनमाया थप्छिन्, ‘तर यो खुशी धेरै बेर टिक्न सकेन। सबैमा पास भएको म हाइटमा फालिएँ।’

Xtrem

Xtrem

तर हार मानिनन्, डटिरहिन्। फुटबलमै डटिरहन पुलिसले नै आश्वासन दिएको थियो। विराटनगरमा पनि असफल भइन्। पुलिसले नै बुटवलबाट हुन्छ भनेपछि उनी त्यतै लागिन्। तर त्यहाँ पनि हाइटकै समस्या।

मनमाया सम्झिन्छिन् विपक्षी टिमका खेलाडीले भन्दा उनलाई उनकै हाइटले दुःख दिएको छ। सताएको छ। एक शहरदेखि अर्को शहरको दौडधुपमै उनले करिब ५ महिना बिताइन्। तर अन्तिममा उनी निरास हुँदै अब फेरि कहिल्यै खेल्दिनँ भनेर घर फर्किन्।

भन्छिन्, ‘एकदमै नराम्रो लाग्यो। पटक पटक मेहेनत गर्दा पनि असफल भएँ। मेरो सफलता भन्दा पनि असफलले पछ्याइरहेको थियो। फुटबलबाट केही गर्न नसक्ने रहेछु भन्ने भयो। अब फुटबल खेल्दिनँ, जति गरे पनि नसक्ने रहेछु भन्ने भयो।’

पुलिसलाई हराउने भित्रि इच्छा थियो
सुदूरपश्चिमाञ्चलमा सम्पन्न छैटौं राष्ट्रिय प्रतियोगितामा मनमायाले पिएलएबाट खेलिन्। त्यसबेला पहिलो पटक माओवादीको जनमुक्ति सेनाले पनि प्रतियोगितामा भाग लिएको थियो।

पुलिसमा हाइटको समस्या भोगेकी उनी पुलिसलाई पराजित गर्नकै लागि भए पनि पिएलएबाट खेल्न चितवन पुगेकी थिइन्। पुलिसलाई सक्षम छु भनेर प्रमाणित गर्ने उनको तीब्र इच्छा थियो। 

मनमाया भन्छिन्, ‘मलाई डर थिएन। झनै उत्साह चाहिँ थपिएको थियो। पुलिसमा अयोग्य भएकी थिएँ। त्यहाँ गएर पुलिसलाई हराउने भावना जागेर आइरहेको थियो। सेवा सुविधाहरु पनि राम्रो थियो।’

प्रतियोगिता सुरु भयो। नभन्दै पिएलएले पुलिसलाई हरायो। खुब खुशी भइन मनमाया। पुलिसलाई हराउने इच्छामात्रै पूरा भएन उनको रजत पदक थापेर घर फर्किइन्।

छैटौं खेलकुदपछि फेरि दिन उस्तै, दैनिकी त्यही। पुरुषको प्रतियोगिताहरु भइरहन्थ्यो। महिलाको हुँदैन थियो। पुरानै दिनचर्या बिताइरहेकी थिइन् उनी। अन्तर्राष्ट्रिय खेलाडी बन्ने उनको सपना उमेरसँगै विस्तारै बुढो हुँदै थियो।

सरी पारस गुरु....
यस्ता धेरै खेलाडी छन् जो गल्तिमा हतपत माफी माग्दैनन्। थोरै यस्ता खेलाडी पनि हुन्छन्, जो गल्तिपछि माफी माग्छन्। गल्ती छोपेर महान कहिल्यै बनिँदैन भन्ने मनमायालाई पनि राम्रोसँग थाहा छ।

आफ्नो फुटबल जिन्दगीदेखि हरेस खाइसकेकी मनमायालाई रौतहटमा एउटा प्रतियोगिताको लागि छनोटमा सहभागी हुन मोरङ जिल्ला टिमका प्रशिक्षक पारस चौधरीको फोन आउँछ। छनोटमा आउन नसक्ने तर क्लोज क्याम्पमा आउने बाचा गरेपछि प्रशिक्षक चौधरीले पनि मनमायाको कुरामा सहमति जनाएका थिए।

प्रशिक्षक चौधरीले मनमायालाई समेट्दै टिम घोषणा गरे। २६ गतेदेखि क्लोज क्याम्प। तर फेरि मनमायाले प्रशिक्षक चौधरीलाई दुई दिनपछि आउने भनेपछि भनाभन भएको उनी बताउँछिन्, ‘गुरुले २६ गतेदेखि क्लोज क्याम्प छ। विराटनगरको रंगशालामा आउनु भन्नु भयो। फेरि मैले २८ गते मात्रै आउँछु भनेँ त्यसपछि चाहिँ गुरु रिसाउनु भयो। उहाँले रिसाउँदै कस्तो तिमी उल्टो उल्टो कुरा गरेको बरु नआउ अरुलाई बोलाउँछु भन्नु भयो। मैले पनि ल. ल. तपाईलाई त्यस्तो लाग्छ भने म आउँदिन भनेँ।’ 

भनाभन भए पनि मनमाया क्लोज क्याम्पमा गइन् तर २८ गते मात्रै। यो प्रतियोगितापछि उनको खेल जीवनले एउटा उचाइ लियो। २०१२ मा श्रीलंकामा हुने महिला साफ च्याम्पियनसिपको लागि छनोटमा उनी पनि पहिलो पटक परिन्। तर, नयाँ खेलाडी नयाँ अनुभव एकै पटक टिममा गर्न सकिनन्। 

त्यो बेला गरेको गल्ति अहिले मनमायालाई महसुश भएको छ। त्यसैले प्रशिक्षक पारस चौधरीसँग मनमाया भन्छिन्, ‘त्यो बेला मैले ठूलो गल्ति गरे कै हो। पारस गुरुलाई सरी।’

एपिएफले फुटबलमा फर्कायो
राष्ट्रिय टिमको क्लोज क्याम्पमा परेपछि बल्ल उनको फुटबल खेलाडी र अन्य व्यक्तिसँग चिनजान नजिकिन थाल्यो। यसैक्रममा उनी दिपा न्यौपाने र अनिता बस्नेतसँग नजिक भइन्।

यी तीनै जनालाई एपीएफबाट करारमा खेल्ने अवसर २०६९ सालमा आयो। जहाँ मासिक ५ हजार रुपैयाँ पारिश्रमिक तोकिएको थियो। फुटबल जिन्दगीबाटै टाढिने मनसाय बुनेकी मनमायाको लागि यो एउटा अवसर थियो।

उनले पहिलो वाक्य बोल्दै भनिन् हुन्छ। यस्तो अवसर किन खेर फाल्ने? खेल्न पनि पाइने पैसा पनि। घरैमा ट्रेनिङ गर्दै बस्नु। तर प्रतियोगिता हुँदा एपिएफबाट खेल्नु पर्ने सर्तसहित मनमायासँगै दिपा र अनिताले पनि प्रस्ताव स्वीकारिन्।

‘घरैमा बसिबसी ५ हजारसँगै एपिएफबाट खेल्न पाइने। एकदमै खुशी भएको थिएँ, त्यो बेला। तीन महिना जति घरैमा बसेर अभ्यासहरु गरेँ। प्रतियोगिताहरु हुँदा खेल्न गएँ’, मनमाया सुनाउँछिन्।

तीन महिनापछि एपिएफले काठमाडौं नै बोलाएर नियमित अभ्यास गराउने निर्णय गर्‍यो। योसँगै तलबमा २५ सय वृद्धि भएर ७ हजार ५ सय दिने निर्णय पनि।काठमाडौं जस्तो ठाउँमा उनको तलबले गुजारा चलाउन निकै गाह्रो थियो। उनले पैसा भन्दा पनि आफ्नो फुटबल करियर हेरिन्। 

भन्छिन्, ‘त्यो साढे सात हजारको तलबले सबै कुरा पुर्‍याउनु पथ्र्यो। खाने, बस्नेदेखि सबै। एकदमै गाह्रो थियो। अहिले त त्यस्तो समस्या छैन। पहिले त त्यतिले कहाँ पुग्थ्यो र? साथीहरुसँग मिलेर बस्नु पथ्र्यो। यतिसम्म हुन्थ्यो कि आज खाएपछि भोलि के खाने। कसरी हुन्छ पैसा बचाउँ भन्ने हुन्थ्यो।’

मनमायाले एपिएफ क्लबमा पुगेर मात्रै हो नियमित अभ्यास गर्न पाएको। त्योभन्दा अघि न राम्रोसँग फुटबल खेल्न पाइन् न राम्रोसँग अभ्यास गर्न।

‘मैले त कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता राम्रोसँग हेरेको पनि थिइनँ। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै थिएँ। दिदीहरुको कुरा सुन्दा लाग्थ्यो बबालै हुने रहेछ। खत्रै हुन्छ भन्ने लागेको थियो। तर त्यस्तो लागेन।’

‘यहाँ राजनीति हुन्छ, धेरै नफुर्की’
एकपछि अर्को कदम गर्दै विस्तारै उनको खेलहरु निखारिँदै गयो। पाकिस्तानमा भएको २०१४ को साफ च्याम्पियनसिपको लागि छनोट भइन्। 

उनी भन्छिन्, ‘राष्ट्रिय टिममा पर्नु भन्दा ठूलो खुशी केही थिएन, त्यो बेला। यसपछि चाहिँ सधैं असफलता मात्रै हुँदैन सफलता पनि मिल्छ है भन्ने लाग्यो।’

समास्या त थियो, अनगिन्ती तर पनि लामो समयसम्मको परिश्रमले दिलाएको फल थियो त्यो। कुमार कटुवाल मुख्य प्रशिक्षक थिए। प्रशिक्षक कटुवालको रणनीति सुरुदेखि नै प्लेइङ सेट बनाउँदै लाने थियो। मनमाया पनि सेटमै थिइन्।  

‘तँ ढुक्क नहो सेटमा खेलाउनु भएको छ भनेर। यहाँ राजनीति हुन्छ। एक रातमै खेलिरहेका खेलाडीको सट्टा अर्कोको नाम आउँछ। धेरै नफुर्किदा हुन्छ भन्दै साथिहरु भन्थे। मलाई साथ दिएको हो कि मानसिक दबाब, साथीहरुको कुरा म बुझ्नै सक्दिनँ थिएँ’ मनमाया सम्झिन्छिन्।

तर उनको साथीहरुले भनेको जस्तो कहिल्यै भएन। फाइनल प्लेइङ सेटमा उनको नाम पनि आयो। मनमाया दंगै। योसँगै साफ च्याम्पियनसिप खेल्न उनी पाकिस्तान जाने भइन्। उनले साफ च्याम्पियनसिपमा डेब्यु भुटानविरुद्धको खेलबाट गरिन्। 

मनमाया सुनाउँछिन्, ‘मैले त कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता राम्रोसँग हेरेको पनि थिइनँ। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै थिएँ। दिदीहरुको कुरा सुन्दा लाग्थ्यो बबालै हुने रहेछ। खत्रै हुन्छ भन्ने लागेको थियो। तर त्यस्तो लागेन।’

फाइनल पुगेको नेपाल भारतसँग ६-० गोलको फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामै सीमित भयो। त्यसपछि मनमायाले राष्ट्रिय टिमबाट नियमित खेल्दै आइन्। नेपाली टिमको राइट डिफेन्स धान्ने जिम्मा उनकै काँधमा हुन्थ्यो। 

२०१९ मा ओलम्पिक छनोटको दोस्रो राउण्डमा म्यानमारमा भएको प्रतियोगितामा नेपाल हारेर आयो। त्यसपछि सशस्त्रको टिमले आफ्ना स्थायी खेलाडीलाई सिपाही ट्रेनिङ गर्न लग्यो। करारका खेलाडी अभ्यास नगरी बसे। त्यसमा मनमाया पनि थिइन्।

‘म, रेखा, निशा लगायतका खेलाडीहरु मात्रै रह्यौं। त्यसैबेला उपमेयर कप खेलेँ। जितियो पनि। त्यसपछि चाहिँ म पुरै विश्राममा परेँ। तर कीर्गिस्तानको खेल छिटै आयो। म निकै लामो समय विश्राममा भएको कारण टिममा पर्न सकिनँ’, मनमाया भन्छिन्।

लेटाङको बगरदेखि सुरुवात गरेकी मनमाया लिम्बुले आफ्नो अन्तर्राष्ट्रिय खेल करियर पोखरा रंगशालामा साग गेम्स खेलेर बिसाइन्। तर उनी फुटबलबाट टाढा रहन सक्दिनन्। अझै केही राष्ट्रिय प्रतियोगिता खेलेर घरेलु फुटबलबाट पनि बिदा लिने तयारीमा रहेकी मनमाया फुटबलमै जोडिइरहने बताउँछिन्। भन्छिन्, ‘फुटबलमै केही गर्छु।’

भारतको हारले डर हट्यो
सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा म्यानमार विजेता बन्दा नेपाल उपविजेता बन्यो। त्यो बेला टिममा रहेको सीमित खेलाडी मात्रै खुशी भएनन्, महिला फुटबललाई पछ्याउने सारा नेपालीले खुशी मनाए। जसको एउटै कारण थियो, भारतमाथिको विजय।

भारतीय भूमिमा जित हात पार्नु चानचुने कुरा थिएन। खुशीको चमक ल्याउँदै मनमाया भन्छिन्, ‘भारतलाई पराजित गर्दा खुशी नहुने को होला र? त्यो खेल मेरो जिन्दगीकै सबैभन्दा स्मरणीय खेल हो। जुन सधै सम्झिरहन्छु।’

नेपालले जित्यो भन्दा पनि भारत हार्यो भन्ने कुरामा मनमाया खुशी थिइन्। सधैँको हार जितमा बदलिँदा त्यसै पनि उमंग छाउने भइहाल्यो। 

पहिलो गोल सावित्रा भण्डारीले हिराकुमारी भुजेलको पासमा गरेकी थिइन्। दोस्रो गोल चाहिँ मनमायाकै पासमा सावित्राले गरिन्। त्यो २-१ गोलको जितमा आफ्नो क्रस पासबारे मनमाया भन्छिन्, ‘भारतीय खेलाडीलाई यस्तो छक्याएर लाँदा आउट हुनै लागेको बल पावरफुल क्रस गरेको थिएँ। गोल लाइनमा साम्बाले गोल गरेकी थिइन्। त्यो जितपछि भारतको रवाफ तोडियो। भारत हामीसँग डराउन थाल्यो।’

उनी विराटगनरमा भएको साफ च्याम्पियनसिपदेखि नै अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट बिदा हुने योजनामा थिइन्। तर नेपालमै हुने १३औं दक्षिण एसिायली खेलकुद (साग) प्रतियोगिता पछि मात्रै सन्यास लिनु भन्ने राय पाएपछि रोकिइन्। उनको खेल जीवनमा चाहेर पनि जित्न नसकेको साफ च्याम्पियनसिप रह्यो। भन्छिन्, ‘जित्ने खेल हारेको हो। त्यो बेला डिफेन्स किपरको तालमेल अलिक मिलेन। देशलाई साफ च्याम्पियनसिप दिलाउने सपना अधुरै रह्यो।’ 

१३औं सागमा महिला फुटबल पोखरा रंगशालामा भयो। लेटाङको बगरदेखि सुरुवात गरेकी मनमाया लिम्बुले आफ्नो अन्तर्राष्ट्रिय खेल करियर पोखरा रंगशालामा साग गेम्स खेलेर बिसाइन्। तर उनी फुटबलबाट टाढा रहन सक्दिनन्। अझै केही राष्ट्रिय प्रतियोगिता खेलेर घरेलु फुटबलबाट पनि बिदा लिने तयारीमा रहेकी मनमाया फुटबलमै जोडिइरहने बताउँछिन्। भन्छिन्, ‘फुटबलमै केही गर्छु।’

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्