काठमाडौं- कारोबार सुरु भएको ४० मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नकारात्मक सर्किट ब्रेक लागेको छ। नेप्से परिसूचकमा ४ प्रतिशतको अर्थात ४८ दशमलव १७ अंकको गिरावट आएपछि २० मिनेटका लागि बजार बन्द गरिएको छ।
लामो समयपछि आजबाट सुरु भएको बजार निरन्तर ओरालो लाग्ने क्रममा छ। कारोबारको सो अवधिमा सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ९ प्रतिशत अर्थात ८ दशमलव ३ अंकले घटेको छ।
एभरेस्ट बैंक, एनआइसी एसिया, ग्लोबल आइएमइ, नबिल, एनएमबी, नेपाल बैंक लिमिटेड, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, माथिल्लो तामाकोशी, शिवम सिमेन्टलगायतका कम्पनीको सेयरमा गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।