• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अदालतदेखि भारतीय दूतावाससम्म तनाव दिएका अभियुक्तको मुद्दा सय दिनपछि मुल्तबीमा

64x64
दुर्गा दुलाल आइतबार, असार १४, २०७७  १७:५९
1140x725

काठमाडौं- सामान्य चोरीमा पक्राउ परेका एक भारतीय नागरिकको मुद्दा जिल्ला अदालत, भारतीय दूतावास हुँदै मानसिक अस्पतालको चक्कर पुरा गरेर आइतबार मुल्तवीमा जाने आदेश भएको छ। 

ग्यास सिलिन्डर, ग्यास चुल्हो, अडियो प्लेयर, एम्प्लिफायरलगायतका सामान चोरेको आरोपमा भारतीय नागरिक मोहम्मद हैदर अलीलाई प्रहरीले २०७६ फागुन ३० गते चन्द्रागिरी नगरपालिकाबाट पक्राउ गरेको थियो। घरमा पेन्टिङ गर्ने ठेक्कापट्टाको काम गर्ने राजमोहन कुमारको टहरा फोरेर अलीले धनमाल चोरेको आरोप थियो। जिल्लाले मुद्दा मुल्तवीमा राखेपनि हाललाई उच्च अदालत पाटनका मुख्य न्यायाधीशको निरिक्षण भ्रमणका क्रममा भएको आदेशका आधारमा चोरी भएको विगो रकम बराबरको धरौटी माग गरेको छ। जिल्लाले परिवारको जिम्मा लगाएर छोड्न नत्र कारागार विभागका महानिर्देशकको जिम्मामा पठाउने आदेश गरेको थियो। 

अली यही आरोपमा एक सय दिनभन्दा धेरै थुनामा बसिसकेका छन्। यसरी थुनामा जानुको कारण थियो- उनले इजलाशमा देखाएको अस्वभाविक क्रियाकलाप। अभियोगपत्रसाथ थुनछेक प्रयोजनार्थ इजलाससमक्ष उपस्थित गराउँदा अलीले अस्वभाविक शारीरिक क्रियाकलाप देखाएपछि परीक्षण गर्दा उनी मानसिक रोगी रहेको पाइएको थियो।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशमा पहिलो पटक पेश हुँदा अलीले आफू पागल भएको, नेपाली नबुझ्ने, कोरोनाले नछुने भन्दै मास्क फाल्न र बयान नदिने कार्य गरे। आफू पागल भएको भनी अस्वभाविक व्यवहार प्रदर्शन गरेपछि जिल्ला अदालतले उनको स्वास्थ्य परीक्षण गर्न आदेश गरेको थियो। 
भारतीय नागरिक भनी उल्लेख गरेकोले भारतीय राजदूतावासको प्रतिनिधि र दोभाषेसहित पेस गर्नू भन्ने मिति २०७७ वैशाख २ गते जिल्ला अदालतले आदेश गरेको थियो।  

लकडाउनमा जघन्य अपराधमा मुछिएका बाहेकलाई छोड्ने सरकारी नीतिअनुसार वृत्तले अरु जम्मै थुनुवालाई छोडेपनि उनी थुनामै बस्न बाध्य भए।  

कानुनअनुसार २५ दिनभित्र प्रहरीले अनुसन्धान टुंगाएर अदालतमा अभियोग दर्ता गराइसक्नुपर्छ। अलीमाथि लागेको आरोपबारे प्रहरीले २० औं दिन अर्थात् १९ चैतमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो। सरकारी वकिलको कार्यालयले २८ चैतमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरायो।

अदालतमा पुगेपछि भने सामान्य चोरीको यो मुद्दाले नाटकीय मोड लिएको थियो।

२ वैशाखमा अदालतको इजलासमा उपस्थित गराइएका अलीले आफूलाई कोराना भाइरसले केही नगर्ने, अल्लाहले बचाउने भन्दै मास्क मिल्काएर चिच्याए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि कोरोना भाइरस र मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश भयो। डा गौरव भट्टराईले अलीको परीक्षणमा कडा खालको मोनिया भन्ने मानसिक रोग रहेको रिपोर्ट दियो। 

१४ वैशाखमा प्रहरीले चेकजाँच प्रतिवेदन अदालतमा बुझायो। अली भारतीय नागरिक भए/नभएको यकीन गर्न दूतावासका तरुण रहेजा अदालतमै उपस्थित भएका थिए।

इजलासमा हाजिर भएका दूतावासका रहेजाले पनि अलीलाई भारतीय नागरिक भएको प्रमाणित गर्न सकेनन्। रहेजाको रोहवरमा पनि अभियुक्त अलीले बयान दिन अस्वीकार गरिदिए।

अदालतलमा बकपत्र गर्न उपस्थित मानसिक रोग विशेषज्ञ डा. गौरव भट्टराईले अभियुक्त अलीलाई म्यानिया नामक कडा खालको मानसिक रोग देखिएको र अस्पताल भर्ना गरेर नियमित औषधि सेवन गर्नुपर्ने बताए। डाको रिर्पोटपछि जिल्ला अदालतले २०७७  वैशाख २१मा स्रोतसम्पन्न अस्पतालमा भर्ना गरी उपचार गराउन आदेश दियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१४ वैशाखमै प्रहरीले अदालतमा अलीले बारम्बार आत्महत्याको प्रयास गरेको, असामान्य ढंगले चिच्याउने/कराउने गरेको, बिजुलीको तार चुँडाएको भन्दै चाँडो मुद्दा छिनोफानो गरिदिन आग्रह गर्दै पत्र पठाएको थियो। अदालतले २१ वैशाखको आदेशमा मानसिक रोगी थुनुवा राख्ने पूर्वाधारसम्पन्न हिरासत, सुधार गृह वा सरकारले उपयुक्त ठहर्‍याएको स्थानमा राख्न भन्यो। सरकारी वकिलको कार्यालयका अधिकृतस्तरको कर्मचारीबाट निरीक्षण गरी पूर्वाधारसहितको हिरासत भए/नभएको जाँच्न समेत आदेश दिइएको थियो।

निरीक्षण टोलीले हिरासतमा पूर्वाधार नभएको प्रतिवेदन १४ वैशाखमै अदालतमा बुझाएको थियो। अस्पतालबाट पूर्ण रुपमा निको भएको रिर्पोट नआएसम्म अदालतले बयान लिन नमिल्ने भएपछि यो मुद्दा अप्ठारोमा परेको थियो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको भ्रमण भएपछि उनी समक्ष यो मिसिल पेश गरिएको थियो। सुवेदीले उनको सुनुवाई प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएपछि न्यायाधीश भट्टराईको इजलाशले आइतबार यस्तो आदेश गरेको हो। 

मूख्य न्यायाधीशको आदेशपछि महानिर्देशक अप्ठारोमा 
जिल्ला अदालतले धरौटी माग गर्ने आदेश गरेपनि अली उक्त रकम बुझाउन सक्ने अवस्थामा देखिँदैनन्। उनीसँग केही छैन भने परिवार र आफन्त सम्पर्कमा समेत रहेका छैनन्। जिल्लाले  धरौटी वा जमानत प्राप्त नभई प्रतिवादी थुनामा पठाउनुपर्ने अवस्था आएमा मानसिक सन्तुलन गुमेको प्रतिवादीलाई भिडभाड नभएको स्थानमा राख्न भनेको छ।

अली र अन्य थुनुवाहरूको समेत स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले भिडभाड नभएको मानसिक रोगी थुनुवा राख्ने एकान्त स्थान वा आवश्यक पूर्वाधारसम्पन्न थुनुवा कक्षमा राखेर मानसिक रोगीको नियमित उपचार गर्न जिल्ला अदालतले भनेको छ। ‘अलीलाई थुनुवा कक्ष व्यवस्था गरी विशेष हेरचाह गर्न नेपाल सरकार, कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई फौजदारी कार्यविधि संहिता २०७४, को दफा १२८ को उपदफा (६)  बमोजिम लेखी पठाई प्रतिवादीको स्वास्थ्य अवस्थाको नियमित परिक्षण गराउनु’ आदेशमा भनिएको छ‚ ‘आदेशानुसार कार्य सम्पन्न भए/नभएको प्रतिवेदन महानिर्देशकबाट लिई मिसिल संलग्न राख्नू।’ जिल्लाको यो आदेशले महानिर्देशकलाई अलीको रेखदेख र उपचारको जिम्मा दिएको छ।

 

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्... आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना नरहेको महाशाखाले जनाएको छ। आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोक... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्