• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अदालतदेखि भारतीय दूतावाससम्म तनाव दिएका अभियुक्तको मुद्दा सय दिनपछि मुल्तबीमा

64x64
दुर्गा दुलाल आइतबार, असार १४, २०७७  १७:५९
1140x725

काठमाडौं- सामान्य चोरीमा पक्राउ परेका एक भारतीय नागरिकको मुद्दा जिल्ला अदालत, भारतीय दूतावास हुँदै मानसिक अस्पतालको चक्कर पुरा गरेर आइतबार मुल्तवीमा जाने आदेश भएको छ। 

ग्यास सिलिन्डर, ग्यास चुल्हो, अडियो प्लेयर, एम्प्लिफायरलगायतका सामान चोरेको आरोपमा भारतीय नागरिक मोहम्मद हैदर अलीलाई प्रहरीले २०७६ फागुन ३० गते चन्द्रागिरी नगरपालिकाबाट पक्राउ गरेको थियो। घरमा पेन्टिङ गर्ने ठेक्कापट्टाको काम गर्ने राजमोहन कुमारको टहरा फोरेर अलीले धनमाल चोरेको आरोप थियो। जिल्लाले मुद्दा मुल्तवीमा राखेपनि हाललाई उच्च अदालत पाटनका मुख्य न्यायाधीशको निरिक्षण भ्रमणका क्रममा भएको आदेशका आधारमा चोरी भएको विगो रकम बराबरको धरौटी माग गरेको छ। जिल्लाले परिवारको जिम्मा लगाएर छोड्न नत्र कारागार विभागका महानिर्देशकको जिम्मामा पठाउने आदेश गरेको थियो। 

अली यही आरोपमा एक सय दिनभन्दा धेरै थुनामा बसिसकेका छन्। यसरी थुनामा जानुको कारण थियो- उनले इजलाशमा देखाएको अस्वभाविक क्रियाकलाप। अभियोगपत्रसाथ थुनछेक प्रयोजनार्थ इजलाससमक्ष उपस्थित गराउँदा अलीले अस्वभाविक शारीरिक क्रियाकलाप देखाएपछि परीक्षण गर्दा उनी मानसिक रोगी रहेको पाइएको थियो।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशमा पहिलो पटक पेश हुँदा अलीले आफू पागल भएको, नेपाली नबुझ्ने, कोरोनाले नछुने भन्दै मास्क फाल्न र बयान नदिने कार्य गरे। आफू पागल भएको भनी अस्वभाविक व्यवहार प्रदर्शन गरेपछि जिल्ला अदालतले उनको स्वास्थ्य परीक्षण गर्न आदेश गरेको थियो। 
भारतीय नागरिक भनी उल्लेख गरेकोले भारतीय राजदूतावासको प्रतिनिधि र दोभाषेसहित पेस गर्नू भन्ने मिति २०७७ वैशाख २ गते जिल्ला अदालतले आदेश गरेको थियो।  

लकडाउनमा जघन्य अपराधमा मुछिएका बाहेकलाई छोड्ने सरकारी नीतिअनुसार वृत्तले अरु जम्मै थुनुवालाई छोडेपनि उनी थुनामै बस्न बाध्य भए।  

कानुनअनुसार २५ दिनभित्र प्रहरीले अनुसन्धान टुंगाएर अदालतमा अभियोग दर्ता गराइसक्नुपर्छ। अलीमाथि लागेको आरोपबारे प्रहरीले २० औं दिन अर्थात् १९ चैतमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो। सरकारी वकिलको कार्यालयले २८ चैतमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरायो।

अदालतमा पुगेपछि भने सामान्य चोरीको यो मुद्दाले नाटकीय मोड लिएको थियो।

२ वैशाखमा अदालतको इजलासमा उपस्थित गराइएका अलीले आफूलाई कोराना भाइरसले केही नगर्ने, अल्लाहले बचाउने भन्दै मास्क मिल्काएर चिच्याए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि कोरोना भाइरस र मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश भयो। डा गौरव भट्टराईले अलीको परीक्षणमा कडा खालको मोनिया भन्ने मानसिक रोग रहेको रिपोर्ट दियो। 

१४ वैशाखमा प्रहरीले चेकजाँच प्रतिवेदन अदालतमा बुझायो। अली भारतीय नागरिक भए/नभएको यकीन गर्न दूतावासका तरुण रहेजा अदालतमै उपस्थित भएका थिए।

इजलासमा हाजिर भएका दूतावासका रहेजाले पनि अलीलाई भारतीय नागरिक भएको प्रमाणित गर्न सकेनन्। रहेजाको रोहवरमा पनि अभियुक्त अलीले बयान दिन अस्वीकार गरिदिए।

अदालतलमा बकपत्र गर्न उपस्थित मानसिक रोग विशेषज्ञ डा. गौरव भट्टराईले अभियुक्त अलीलाई म्यानिया नामक कडा खालको मानसिक रोग देखिएको र अस्पताल भर्ना गरेर नियमित औषधि सेवन गर्नुपर्ने बताए। डाको रिर्पोटपछि जिल्ला अदालतले २०७७  वैशाख २१मा स्रोतसम्पन्न अस्पतालमा भर्ना गरी उपचार गराउन आदेश दियो।

१४ वैशाखमै प्रहरीले अदालतमा अलीले बारम्बार आत्महत्याको प्रयास गरेको, असामान्य ढंगले चिच्याउने/कराउने गरेको, बिजुलीको तार चुँडाएको भन्दै चाँडो मुद्दा छिनोफानो गरिदिन आग्रह गर्दै पत्र पठाएको थियो। अदालतले २१ वैशाखको आदेशमा मानसिक रोगी थुनुवा राख्ने पूर्वाधारसम्पन्न हिरासत, सुधार गृह वा सरकारले उपयुक्त ठहर्‍याएको स्थानमा राख्न भन्यो। सरकारी वकिलको कार्यालयका अधिकृतस्तरको कर्मचारीबाट निरीक्षण गरी पूर्वाधारसहितको हिरासत भए/नभएको जाँच्न समेत आदेश दिइएको थियो।

निरीक्षण टोलीले हिरासतमा पूर्वाधार नभएको प्रतिवेदन १४ वैशाखमै अदालतमा बुझाएको थियो। अस्पतालबाट पूर्ण रुपमा निको भएको रिर्पोट नआएसम्म अदालतले बयान लिन नमिल्ने भएपछि यो मुद्दा अप्ठारोमा परेको थियो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको भ्रमण भएपछि उनी समक्ष यो मिसिल पेश गरिएको थियो। सुवेदीले उनको सुनुवाई प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएपछि न्यायाधीश भट्टराईको इजलाशले आइतबार यस्तो आदेश गरेको हो। 

मूख्य न्यायाधीशको आदेशपछि महानिर्देशक अप्ठारोमा 
जिल्ला अदालतले धरौटी माग गर्ने आदेश गरेपनि अली उक्त रकम बुझाउन सक्ने अवस्थामा देखिँदैनन्। उनीसँग केही छैन भने परिवार र आफन्त सम्पर्कमा समेत रहेका छैनन्। जिल्लाले  धरौटी वा जमानत प्राप्त नभई प्रतिवादी थुनामा पठाउनुपर्ने अवस्था आएमा मानसिक सन्तुलन गुमेको प्रतिवादीलाई भिडभाड नभएको स्थानमा राख्न भनेको छ।

अली र अन्य थुनुवाहरूको समेत स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले भिडभाड नभएको मानसिक रोगी थुनुवा राख्ने एकान्त स्थान वा आवश्यक पूर्वाधारसम्पन्न थुनुवा कक्षमा राखेर मानसिक रोगीको नियमित उपचार गर्न जिल्ला अदालतले भनेको छ। ‘अलीलाई थुनुवा कक्ष व्यवस्था गरी विशेष हेरचाह गर्न नेपाल सरकार, कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई फौजदारी कार्यविधि संहिता २०७४, को दफा १२८ को उपदफा (६)  बमोजिम लेखी पठाई प्रतिवादीको स्वास्थ्य अवस्थाको नियमित परिक्षण गराउनु’ आदेशमा भनिएको छ‚ ‘आदेशानुसार कार्य सम्पन्न भए/नभएको प्रतिवेदन महानिर्देशकबाट लिई मिसिल संलग्न राख्नू।’ जिल्लाको यो आदेशले महानिर्देशकलाई अलीको रेखदेख र उपचारको जिम्मा दिएको छ।

 

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्