• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सडकको बेहाल : गाडी गुडाउने सपना तर खच्चड हिँड्न मुस्किल

हेमन्त केसी शनिबार, असार १३, २०७७  १९:५७
1140x725

जाजरकोट- भिरालो जमीन र बलौटे माटोका कारण जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश जिल्लामा विकास निर्माणको काम छिनभरमै विनाश हुने गरेको छ। 

जथाभावी डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु वर्षायामको झरीसँगै छिनभरमै बग्ने गरेका छन्। असार महिनामा मात्र बढी डोजरहरु प्रयोग गरी सडक तथा अन्य विकास निर्माणका काम हुँदा वर्षाको झरीसँगै अधिकांश सडक बग्ने गरेको छ। 

जाजरकोटको बारेकोट, शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका, छेडागाड, भेरी र नलगाड नगरपालिकाभित्रका अधिकांश नयाँ सडकहरु वर्षाको झरीसँगै सडकहरु बगेका छन्। वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै डोजर चालकले आफैं इन्जिनियर भएर गाउँपिच्छे लगिएका सडकहरुमा अहिले खच्चडसमेत चल्न मुस्किल भएको छ। गाउँगाउँमा सडक लिएर हिँड्ने दुःखबाट उन्मुक्ति पाउने आशा व्यक्त गरेका स्थानीयवासी सडकले नै खेतीयोग्य जमीन बगाउँदा हैरान भएका छन्। 

जथाभावी सडक लिएर धानबाली लगाएको खेत पुरिदिएपछि शिवालय गाउँपालिका–५ की पानसरी रेग्मीले पहिराले पुरिदिएको खेतमा गई निराश भएको बताइन्। उनले भनिन्, ‘धेरै दुःख गरेर खेतमा धान रोपियो, तर अहिले सडकबाट आएको पहिरोले पुरिदिएपछि कसलाई के भन्यौं र।’ उनका अनुसार गाउँगाउँमा खनिएका सडकले घरहरु समेत जोखिममा परेका छन्।

गाउँको टाठाबाठाहरुले डोजर चालकलाई आफू अनुकूल बिनाप्राविधिक स्टिमेट सडक घुमाउन लगाउँदा समस्या भएको हो। गाडी गुड्ने सपनाका साथ खनिएका सडकहरुमा खच्चड नै चल्न नसक्ने अवस्था आएपछि गाउँगाउँका स्थानीयबासी हैरान भएका छन्। जुनिचाँदे गाउँपालिका–१ काप्रा, बेसीपाटा, पन्चाला हुँदै जुनिसडक खण्डको लोड्नेलगायत दर्जन ठाउँमा मापदण्डविपरीत सडक निर्माण हुँदा गाडी चल्न सक्ने अवस्था नरहेको स्थानीयबासी रेशम खड्काले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्माण व्यवसायीको चरम लापरवाही र सरोकारवाला निकायले चासो नदिँदा यो सडकखण्डमा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो। यही ठाउँमा हप्ता दिनअघि जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका थिए। त्यस्तै भेरी नगरपालिका–२ रिसाङबाट बाहुनथानासम्मको सडकमा दैनिक यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल हुँदै आएको छ। नलगाड नगरपालिकाको नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको कालीमटी–सिर्के सडकखण्डमा पानी पर्नेबित्तिकै यातायातका साधनहरु चल्न सक्ने अवस्था नरहेको स्थानीयबासी नरेन्द्र ओलीले जानकारी दिए। जथाभावी ठाडो  डाँडामा (काल्लो) सडक खन्दा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो। 

त्यस्तै बारेकोट गाउँपालिकाले निर्माण गरेका आन्तरिक सडकहरुमा समेत यातायातका साधनहरु चल्न सक्ने अवस्था कमजोर रहेको छ। यहाँ निर्माण भएका सडकहरु डोजरबाट खनिएका कारण ठाउँठाउँमा पहिरो जाँदा यातायातका साधनहरु, (खच्चड) चल्न सक्ने अवस्था कमजोर भएको हो। छेडागाड नगरपालिकामा समेत आन्तरिक रुपमा निर्माण गरिएका सडकहरु दुई हप्तादेखि परेको अविरल वर्षाले सबै क्षतविच्छेद पारिसकेको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट दिनमा निर्माण गरिएका सडकहरु बेलुकी परेको पानीले बगाउँदा, निर्माण गरिएका सडकहरु निर्माण नगरे झैं भएको रोजगार संयोजकहरुले बताएका छन्। दैनिक खटिएर सडक निर्माण गरिएको छ तर झरीसँगै गएको पहिरो र भलले सबै बगाउँदा प्रतिफल दिन नसक्दो रहेछ शिवालय गाउँपालिकाका रोजगार संयोजक प्रकाश पौडेलले बताए। 

Xtrem
Xtrem

बर्सेनि खडक खन्दै, पुर्दै 

जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा निर्माण भएका सडकहरु बर्सेनि निर्माण गर्दै र वर्षायाममा पुर्दै गर्दा करोडौंको आर्थिक नोक्सान हुँदै आएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी निर्माण गरिएका सडकमा हिउँदयाममा समेत मुस्किलले जीपहरु सञ्चालन हुने गरे पनि वर्षायाममा पूरै ठप्प हुने गरेका छन्। विभिन्न स्वार्थका कारण जथाभावी र माटो जाँचबिना नै खनिएको सडकले अधिकांश ठाउँमा विनाशसमेत ल्याएको छ। भारी जमीनमा पहिरो तथा भूक्षयसमेत गएको छ। जसले गर्दा धेरै खेतीयोग्य जमीन मासिएको पाइएको छ। 

प्रदेशबाट निर्माण गरिएका सडक तथा विकास निर्माणका अधिकांश ठाउँमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पहुँचको भरमा योजना दिँदा लथालिङ्ग भएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले पठाएको योजनाभन्दा अर्कै योजना स्वीकृत भएर आउँदा काम गर्न गाह्रो भएको कार्यालयका कर्मचारीको भनाइ छ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्