डडेल्धुरा- बैतडीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका- २ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन्। ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना ६ ख ४४५० नम्बरको ट्रक जयपृथ्वीराजमार्गअन्तर्गत पाटन नगरपालिका- ८ धारीमा दुर्घटनामा परेको हो। ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्रकमा चालक र सहचालकमात्रै रहेका थिए।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।