डडेल्धुरा- डडेल्धुरामा दुईवटा शव फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको किनारमा दुई बेवारिशे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव गलेको अवस्थामा फेला परेकाले पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
‘शव एकदमै पुरानो भएकाले दुवैको पहिचान भइसकेको छैन, एउटाको त कपाल पनि थिएन’ उनले भने, ‘शव महाकाली किनारमा फेला परेकाले बगेर आएको आशंकामा हामीले सनाखतका लागि बैतडी र दार्चुला प्रशासनमा जानकारी गराएका छौं, अनुसन्धान जारी छ।’
फेला परेका शव स्थानीय तहको समन्वयमा व्यवस्थापन गरिएको समेत डिएसपी न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।