• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दीगो विकास लक्ष्य : आउँदो वर्ष १० खर्ब ११ अर्ब खर्च गर्दै सरकार

64x64
सविन मिश्र मंगलबार, असार ९, २०७७  ०९:२०
1140x725

काठमाडौं- सरकारले दीगो विकास लक्ष्य प्राप्तिका लागि आगामी आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रूपैयाँ खर्च गर्ने गरी बजेट तर्जुमा गरेको छ। नेपालले दीगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक २० खर्ब २५ अर्ब रूपैयाँ खर्च गर्नुपर्ने भए पनि सरकारको तर्फबाट त्यसको ५० प्रतिशत रकम विनियोजन गरिएको छ। 

सरकारले १७ वटा दीगो विकास लक्ष्यमध्ये सामुद्रिक स्रोतको उपयोग (लक्ष्य नं १४)बाहेक सबै शीर्षकमा संकेतसहित यो विनियोजन गरेको छ। त्यसबाहेक प्रदेश र स्थानीय तहलाई दिने अनुदान दीगो विकास लक्ष्य हासिल गर्न खर्च हुने तर त्यसको जानकारी प्राप्त नहुने भएकाले त्यसलाई सांकेतीकरण गरिएको छैन। वैदेशिक ऋण साँवा ब्याज भुक्तानीलाई सरकारले यसअन्तर्गतको लगानी मानेको छैन। सांकेतीकरण नगरिएको रकम ४ खर्ब २७ अर्ब रूपैयाँ छ। 

राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको मध्यमकालीन खर्च संरचना २०७७/०७८-२०७९/०८० अनुसार दीगो विकासका लक्ष्यमध्ये सरकारले उद्योग, नवीन खोज र पूर्वाधारलाई (लंक्ष्य नं ९)लाई उच्च प्राथमिकता दिइ व्यय अनुमान तय गरेको छ। दीगो विकास लक्ष्यअनुसार सांकेतीकरण गरिएको रकममध्ये उद्योग, नवीन खोज र पूर्वाधारलाई २०.२४ प्रतिशत अर्थात् २ खर्ब १९ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ। 

'पछिल्ला दुई वर्षमा पूर्वाधार र उद्योग क्षेत्रमा लगानी उल्लेख्य वृद्धि हुने आँकलन छ,' खर्च संरचनामा भनिएको छ। लैंगिक समानता (लक्ष्य नं ५), दीगो उपयोग र उत्पादन (लक्ष्य नं १२), जलवायु परिवर्तन अनुकूलन (लक्ष्य नं १३) र दीगो विकासका लागि साझेदारी (लक्ष्य नं १७)मा लगानी बढाउनुपर्ने चुनौती रहेको पनि खर्च संरचनामा उल्लेख गरिएको छ। 

आगामी आर्थिक वर्षमा लक्ष्य नं १ अर्थात् गरिबीको अन्त्यका लागि १३.८ प्रतिशत अर्थात ९८ अर्ब ६५ करोड ३० लाख रूपैयाँ विनियोजन गरिएको छ। यो लक्ष्यका लागि चालु वर्षमा ७४ अर्ब १६ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले शून्य भोकमरी (लक्ष्य नं २)का लागि ६.३२ प्रतिशत बजेट विनियोजन गरेको छ। स्वस्थ जीवन (लक्ष्य नं ३)का लागि ७.४८ प्रतिशत, गुणस्तरीय शिक्षा (लक्ष्य नं ४)का लागि ५.६२ प्रतिशत र लैंगिक समानता (लक्ष्य नं ५)का लागि ०.४७ प्रतिशत बजेट विनियोजन गरेको छ। 

स्वच्छ पानी र सरसफाइ (लक्ष्य नं ६)का लागि ३.४८ प्रतिशत, आधुनिक ऊर्जामा पहुँच (लक्ष्य नं ७)का लागि ६.६५ प्रतिशत, समावेशी आर्थिक वृद्धि र मर्यादित काम(लक्ष्य नं ८)का लागि २.४ प्रतिशत, असमानता न्यूनीकरण (लक्ष्य नं १०)का लागि ०.१२ प्रतिशत र दीगो सहर र बस्ती (लक्ष्य नं ११)का लागि १३.१४ प्रतिशत बजेट दिइएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दीगो उपभोग उत्पादन (लक्ष्य नं १२)का लागि २.२३ प्रतिशत, जलवायु परिवर्तन अनुकूल (लक्ष्य नं १३)का लागि ०.४८ प्रतिशत, भू-सतह स्रोतको उपयोग (लक्ष्य नं १५)का लागि १.२१ प्रतिशत, शान्ति, न्याय र सबल संस्था ((लक्ष्य नं १६)का लागि १५.५४ प्रतिशत, दीगो विकासका लागि साझेदारी (लक्ष्य नं १७)का लागि ०.९२ प्रतिशत बजेट विनियोजन गरिएको छ। 

चालु आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा ठूलो हिस्सा दीगो सहर र बस्ती, शान्ति तथा सुशासन, उद्योग, नवीन खोज र पूर्वाधारमा रहेकोमा आगामी आर्थिक वर्षमा पुनर्निमार्णको कार्य सम्पन्न हुने भएकाले दीगो सहर र बस्ती (लक्ष्य नं ११)मा बजेट कम हुने अनुमान सरकारको छ।

सरकारले दीगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक क्षेत्रको भूमिका ५५ प्रतिशत हुने र निजी क्षेत्र तथा सहकारीको भूमिका ४५ प्रतिशत हुने अनुमान गरेको छ। यसअनुसार अब करिब यति नै रकम सहकारी र निजी क्षेत्रले खर्च गरे मात्रै आउँदो वर्षका लागि दीगो विकास लक्ष्य प्राप्तिमा गर्नुपर्ने रकम खर्च हुन्छ। 

योजना आयोगले लागत अनुमान गरेपनि पछिल्ला वर्षमा नेपाल सरकारले लक्ष्यअनुसारको लगानी गरेको छैन । दीगो विकास लक्ष्य हासिल गर्न नेपाल जस्ता देशमा पूर्वाधारको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानी कमजोर हुँदा लागत अनुमान र लक्ष्यको अन्तर (फण्डिङ ग्याप) बढ्दै जाने गरेको छ। सरकारले बजेट विनियोजन गरे पनि कार्यदक्षताको अभावका कारण उल्लेखित रकम खर्च नहुने भएकाले नेपालमा दीगो विकास लक्ष्य प्राप्तिका लागि सार्वजनिक क्षेत्रबाट नै कमजोर वित्तीय योगदान हुने गरेको छ। 

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  ०९:२०
  • #SDGs

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्