काठमाडौं- तानसेन तम्घास सडकखण्डअन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरोले गाडी बगाएको छ। पाल्पाको तानसेन रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले तीनवटा गाडी बगाएकाे हो।
पहिरोले बगाएको गाडीमा रहेका तीन जनाको शव फेला परेको समाचार प्राप्त भएको छ भने तीन जना घाइते भएका छन्।
हालसम्म पहिरोले बगाएका ट्याङ्कर र मिनिट्रकमात्र भेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।