काठमाडौं– लकडाउनको समयमा भाडाको गाडीमा बढी भाडा असुलेर काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ४ वटा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगञ्ज र झापाबाट मान्छे लिएकार काठमाडौं छिर्न लागेका ४ वटा सार्वजनिक भाडाका बस ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले नियन्त्रणामा लिएको हो।
नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाइस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्तीलाई पक्राउ गरिएको हो।
मौकाको फाइदा उठाई सार्वजनिक बसहरूमा बिनापास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा जाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।