काठमाडौं- प्रदेश २ को सिराहा जिल्लामा आइतबार ५२ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार सबैभन्दा धेरै संक्रमित उक्त जिल्लामा थपिएका हुन्।
हालसम्म उक्त जिल्लामा ८० जना संक्रमित पुष्टि भएका छन्। उपचारपछि ५२ जनाले कोरोना जितेर फर्केका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र ३ सय ५७ पुरुष रहेका छन्। हालसम्म कुल संक्रमित ९ हजार १६ जनामध्ये ८ सय २० महिला र ८ हजार २ सय ६ पुरुष रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।