काठमाडौं- आइतबार थप १९४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
काठमाडौं मेडिकल कलजे दुवाकोटबाट काभ्रेका ५ जना, जलेश्वरमा उपचाररत महोत्तरीका १८ जना, सर्लाहीमा उपचाररत ७४ जना, रौतहटमा उपचाररत ४३ जना, सप्तरीमा उपचाररत १२जना र रौतहटमा नै उपचाररत ४२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।
योसहित नेपालमा हालसम्म १७७२ जना उपचारपछि निको भएका छन्।
नेपालमा शनिबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।