काठमाडौं- गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पिसिआर किट (स्वास्थ्य सामग्री) उपलब्ध गराएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टाइनमै कष्टपूर्ण तवरले बस्नुपरेपछि संघले सो सहयोग गरेको हो।
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो। पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागेको पिसिआर प्रयोगशालामा गैह्रआवासीय नेपालीले सहयोग गर्ने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय पिसिआर किट र सोही संख्यामा भिटिएम हस्तान्तरण गरेको हो।
किट हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टले एनआरएनबाट प्राप्त किटमा सरकारका तर्फबाट पनि किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने प्रतिबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।