काठमाडौं- प्रदेश २ को महोत्तरी जिल्लामा शनिबार २४ जना कोरोना संक्रमित थपिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको नमूना परीक्षणमा महोत्तरीका १४ जनामा संक्रमण पुष्टि भएको हो। यसरी संक्रमण पुष्टि भएका अधिकांश भारतबाट आएर क्वारेनटाइनमा बसेका मानिस हुन्।
महोत्तरीमा हाल ५०० संक्रमित रहेका छन्। त्यसमध्ये ४ जना कोरोना जितेर घर फर्केका छन्। धेरै संक्रमित रहेकामध्ये महोत्तरी पाँचौं नम्बरमा रहेको छ।
सबैभन्दा धेरै रौतहटमा रहेका छन्। रौतहटपछि दैलेख, कपिलवस्तु र सर्लाही रहेका छन्। भारतबाट आएर क्वारेनटाइनमा बस्ने मानिसहरूको थपिने संख्या जारी रहेकाले यो तथ्यांक अझै बढ्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।