काठमाडौं- शनिबार देशभरका विभिन्न अस्पताल,अस्थायी कोभिड अस्पताल र आइसोलसेनका रहेका १ सय ७६ जनाले कोरोना संक्रमण जितेका छन्।
यसरी डिस्जार्च हुनेमा १५८ जना पुरुष र १८ महिला रहेका छन्। सबैभन्दा धेरै सिराहा अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १५ सय ७८ जना रहेका छन्। यसरी कोरोना जित्नेमा १४१ जना महिला छन् भने १ हजार ४ सय ३७ जना पुरुष रहेका छन्।
शनिबार सिराहा अस्पतालबाट २६, जानकी आइसोलेन बाँकेबाट ४१, सुशिल कोइराला क्यान्सर अस्पतालबाट १३ र कोसी अस्पतालबाट १० डिस्चार्ज भएका छन्। त्यस्तै प्रादेशिक अस्पताल सुर्खेतबाट २४, कोभिड अस्पताल दाङबाट ५, मनहरि आइसोसेन मकवानपुरबाट ६, डडेलधुरा अस्पतालबाट २ र अछाम जिल्ला अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्।
त्यसैगरी दार्चुला अस्पतालबाट २, डोटी अस्पतालबाट ९, प्रादेशिक अस्पताल धनगढीबाट ८, टिकापुर अस्पताल कैलालीबाट ४, नेपालगञ्ज मेडिकल कलेजबाट १‚ महाकाली अस्पताल कञ्चनपुरबाट ८ र भरतपुर अस्पतालबाट ६ जना डिस्जार्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।