काठमाडौं- कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन्।
गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्काे सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए।
सो नगरपालिकामा गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो। सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।