काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाली सेनाले जिटुजीमार्फत् खरिद गरेका मेडिकल सामग्रीको विवरण माग गरेको छ। शुक्रबार समितिले नेपाली सेनालाई पत्र काट्दै मेडिकल सामग्री खरिद गर्दा महँगोमा गरेको भन्ने सूचना आएका कारण विवरण पेस गर्न भनेको छ।
नेपाली सेनाले चीनलगायतका देशबाट अत्यधिक महंगोमा मेडिकल सामग्री खरिद भएको विवरण नेपाल लाइभले सार्वजनिक गरेपछि समितिको ध्यानाकर्षण भएको हो। विश्व बजारमा नै सामग्रीको अभाव भएकाले केही सामग्रीमा महँगो मूल्य तिर्न बाध्य भएको बताएको थियो। तर बढी नै आलोचना भएपछि मन्त्रीको स्वार्थका कारण आफ्नो संगठनको बदनामी भएको भन्दै नेपाली सेना मेडिकल सामग्री खरीदबाट बाहिरिएको छ।
मेडिकल सामग्री खरिदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा तथा रक्षामन्त्री ईश्वर पोखरेलकै संलग्नता भएको र सेटिङमा कमिसन लिने गरेको भन्दै आलोचना भएको छ। तर दुवै मन्त्रीहरुले यस सम्बन्धमा कुनै स्पष्टीकरण भने दिएका छैनन्।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब पनि माग गरेको छ।
सरकारले कोरोना महामारी नियन्त्रणमा हालसम्म १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। कार्यालयलाई पत्रचार गर्दै १० अर्बको विवरण मगाइएको समितिले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।