चौतारा- सिन्धुपाल्चोकका शुक्रबार २१ नयाँ संक्रमित थपिएका छन्। मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ र कुवेतबाट फर्केका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कुवेतबाट आममाफी पाएर नेपाल आएका तीनजनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
उनीहरुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएता पनि उनीहरू कुवेतबाट आएर काठमाडौंमा नै बसेका थिए। काठमाडौंबाटै उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।
उनीहरू सिन्धुपाल्चोकका कहाँ–कहाँका हुन् भन्ने बारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ। यसअघि सिन्धुपाल्चोकमा पाँच जनामा संक्रमण पुष्टि भएको थियो भने पहिलो मृतक पनि यही जिल्लाको रहेको थियो। बिहान मेलम्चीमा कुवेत र विभिन्न जिल्लाबाट आएका मानिसमा कोरोना पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।