गुल्मी- गुल्मीमा एकै दिन ९४ जना नयाँ संक्रमित थपिएका छन्। भारतलगायत विभिन्न स्थानबाट फर्केर क्वारेन्टाइनमा रहेका उनीहरुमा कोरोना पुष्टि भएको हो।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यसरी थपिएका नयाँ संक्रमितमा १६ महिला र ७८ पुरुष रहेका छन्।
गुल्मीमा यसअघि ५६ जना संक्रमित थिए। ज्यान गुमाएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। गुल्मीमा अब कोरोना संक्रमितको कूल संख्या १०५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।