काठमाडौं- शुक्रबार थप तीन जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार भेटिएका संक्रमित २ महिला एक पुरुष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनीहरू तीनैजनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताए।
देशभर शुक्रबार ४ सय २६ जना संक्रमित थपिएका छन्। अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ। २२ जनाले ज्यान गुमाएका छन्। बिहीबार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।