सुरुंगा- झापाको भद्रपुर नगरपालिका– १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ।
जंगली हात्ती लखेट्ने क्रममा उनलाई गएराति करेन्ट लागेको प्रहरीले जनाएको छ। घर वरिपरि लगाएको करेन्टवालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।