• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एसइईको मूल्यांकन एक महिनाभित्र सकिन्छ : गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

64x64
डिबी खड्का शुक्रबार, असार ५, २०७७  १०:२४
1140x725
फाइल फोटो

सरकारले यो वर्षका लागि एसइई नलिने भएको छ। कोरोना महामारीको कारण विद्यालय बन्द भएपछि सरकारले वैकल्पिक शिक्षण पद्धतिबाट पढाउने निणर्य पनि गरिसकेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा स्रोत र साधनको उपलब्धताको आधारमा पठनपाठन अघि बढाउन प्रदेश, स्थानीय सरकारलाई समन्वय गरी अघि बढ्न निर्देशन दिएको छ। वैकल्पिक शिक्षण विधिबाट कसरी पढाइ हुन्छ? परीक्षा रोकिएका कक्षा ११ र १२ र उच्च शिक्षाको परीक्षा कहिले हुन्छ जस्ता विषयमा आधारित रहेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीको सम्पादित अंशः

सरकारले वैकल्पिक शिक्षण विधिबाट पढाइ सुरु गर्ने भएको छ। अब यो कसरी अगाडि बढ्छ?
विश्वव्यापी महामारी कोभिड-१९ को असर नेपालमा पनि पर्‍यो। यसले प्रभाव नपारेको कुनै क्षेत्र छैन। यो स्थितिमा वैकल्पिक शिक्षण विधि खोज्नुपर्नेमा हामी पुग्यौं। विश्वविद्यालयहरुलाई अनलाइन पढाउन भनिसकेका छौं। विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या ठूलो भएको कारण अहिलेको अवस्थामा विद्यालयमा पढाइ सम्भव पनि भएन। मनोवैज्ञानिक समस्या पनि कम गर्न हामीले वैकल्पिक शिक्षण विधिमा गएका हौं।

अनलाइन, टिभी, रेडियोबाट पढाउने भन्नुभएको छ। समय पनि तोकिसक्नुभएको हो?
यो अभियानबारेमा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभएको छ। १८ गते हामीले निर्देशिका तयार गर्‍यौं। तीनै तहको सरकार मिलेर कार्यान्वयन गर्ने हो। अब यो वर्ष पहिलेको जस्तो भर्ना अभियान चल्दैन। पास भएका विद्यार्थीको कक्षा चढाइएर पढाइ सुरु हुन्छ। अभिलेखीकरण गरिन्छ। 

घरघरमा शैक्षिक सामग्री पुर्‍याइन्छ। घरलाई नै शिक्षालय बनाइन्छ। विद्यार्थी सचेत हुनुपर्छ। विद्यार्थीले पढ्नको लागि निश्चित समय छुट्याउनुपर्छ। अभिभावकले पनि त्यही अनुसार वातावरण मिलाउनुपर्‍यो। नजिकका विद्यालयले सहजीकरण गर्नुपर्‍यो। स्थानीय सरकारले पनि हेर्छ।

मानवस्रोत केन्द्रले बनाएको पाठ्यक्रम प्रिन्ट गरेर बाड्ने हो। रेडियो टिभीबाट पनि पढाई हुन्छ। स्थानीय तहको समन्वयमा समय तालिका तोकिन्छ। ९ बजेदेखि ३ बजेसम्म ९ र १० को कक्षा चलिरहेको छ, एनटिभी प्लसबाट। केबुलहरुको पनि भूमिका हुन्छ। प्रदेशलाई पनि पठाएका छौं। अनलाइन/अफलाइनबाट पढाइ हुन्छ। 

विद्यार्थीले पनि बिहान उठ्ने, योग ध्यान गर्ने, पढ्ने, घरको काम गर्ने पनि हो। संकटको बेला आमनेसामने गर्न सकिएन तर प्रचुर मात्रामा प्रविधिको प्रयोग गरौं। 

बजेट संयोजन कसरी गरिरहनु भएको छ ? 
५० वटा सामुदायिक विद्यालय भएकालाई ३ लाख रुपैयाँ, ५० देखि सयसम्म भएकालाई  ४ लाख र  सयभन्दा माथि विद्यालय भएका पालिकालाई ५ लाख रुपैयाँ पठाएका छौँ। 

यो पैसा स्रोत र पाठ्यसामाग्री पहुँच नहुने विद्यार्थीलाई सिकाइसँग जोड्न हो। पालिकाहरुले पनि प्रयोग गर्छ। प्रदेशले पनि विपद्को बजेट शिक्षामा पनि खर्च गर्छ। चुनौतीको बेलमा हस्तक्षेप गर्दै काम गर्दा प्रणाली बन्छ। सबै सरोकारवालाहरुले गम्भीरतापूर्वक लिइदिनुस्। बालबच्चाको सिकाइ र हेरविचार गर्ने भनेका छौं। 

Ncell 2
Ncell 2
nimb
nimb

एसइई त यसपटकलाई टुंगियो। अब कसरी मूल्यांकन हुन्छ? 
विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाइमा आफ्ना मूल्यांकन पठाउँछन्। त्यो आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्छ र प्रमाणपत्र दिन्छौं। केही दिनमा मन्त्रिपरिषद्को यो निणर्य राजपत्रमा छापिएपछि काम अघि बढ्छ। मलाई लाग्छ, एक महिनाभित्र काम सकिन्छ।

कतिपयले एसइई खारेज गरे पनि हुन्छ भनिरहेका छन्। यसपटक चालिएको कदम त्यसैको संकेत हो?
संघीय शिक्षा ऐन कानुन मन्त्रालयमा पुगेको छ। हामीले प्रदेशको मातहतमा गर्ने भनेका छौं, एसइई। एसइई खारेज गर्नुहुन्न किनभने सेना प्रहरी, खरिदारको लागि १० पासको  सर्टिफिकेट चाहिन्छ, छोडिहाल्न पनि हुँदैन। यसका बाबजुत विज्ञहरुको सुझाब त आएको छ। हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं। 

११ र १२ को परीक्षाको समय घर्कियो। स्नातकको पनि त्यस्तै छ। एसइई कै तरिकले प्रमाणपत्र दिने कि कस्तो छ तयारी?
१२ को परीक्षाको यो ढगंले टुंगिदैन भन्नेमा नै छु। तर परिस्थिति बलवान् हुन्छ। सधैं यस्तो हुन्न। कक्षा ११ को परीक्षा लिनैपर्ने बाध्यता छैन। अनुकूल मिलाएर परीक्षा लिने हो।

राष्ट्रपति शैक्षिक कार्यक्रमको निरन्तर विरोध भइरहेको छ तर पनि सरकारले पोहोरभन्दा यसपालि एक अर्ब बढी बजेट छुट्याएको छ। यो कार्यक्रममा किन यति धेरै लगाव? 
राष्ट्रपतिको सचिवालयले त्यो पैसा खर्च गर्ने हैन। राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउने काम नगरे हुन्थ्यो। पहिले पनि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चलेकै हो। कहिलेकाहीँ के हुन्छ भने मन्त्री, सभामुख, राष्ट्रपति प्रधानमन्त्री ऐतिहासिक विद्यालयहरुमा जाँदा विभिन्न मागहरु हुन्छन्। त्यो पूरा गर्नको लागि यस्तो पैसा आवश्यक हुन्छ। 

Xtrem

Xtrem

उच्च शिक्षा अध्ययनको लागि बाहिर देशका क्याम्पसले बोलाइरहेका छन् भन्ने विद्यार्थीको भनाइ छ। सरकारले के गर्छ ?
विमानहरु बन्द छन्। तत्कालको परिस्थितिलाई हेर्दा जान सक्ने अवस्था छैन। 

पढाई अनश्चित बनेको छ। कहिलेदेखि कक्षाहरु निरन्तर चल्लान्?
विपदलाइ हेरेर काम गर्ने हो। यो वर्ष शैक्षिक संस्था अबका दुई महिनासम्म खोल्ने अवस्था छैन। बन्दाबन्दी अन्त्य भएको छैन। कोभिड-१९ को भ्याक्सिन नबनेको हुनाले परिस्थितिमा फेरबदल हुन सक्छ। यही भन्न सक्ने अवस्था छैन। 

हाम्रो शिक्षामा स्वास्थ्य सम्बन्धमा एकदमै कम जानकारी छ। रोग लाग्यो भने के गर्ने, रोग लाग्न नदिन के गर्ने? रोगप्रतिरोधात्मक क्षमता कसरी अगाडि बढाउने भन्ने पाठ्यपुस्तक छैन। के कोरोनाकै कारण यस्ता पाठ्यसामाग्री परिर्वतन हुन्छ?
हामीले कक्षा ४ देखि नै आयुर्वेदिक प्राकृतिक चिकित्साको कुरा जोडेका छौं। केही दिनअघि भएको पाठ्यक्रम विकास केन्द्रको बैठकमा मैले यो कुरा भनेको छु। वास्तवमा भन्ने हो भने हाम्रा भान्सामा प्रयोग हुने अदुवा, लसुन, बेसार लगायतका जडिबुटीजन्य कुराहरु छन्। यसको प्रयोग बढाउनुपर्छ। हाम्रो पूर्वीय दर्शनलाई वास्तै नगर्ने पश्चिमाहरुको जे पनि अनुसरण गर्ने गलत बानी छ। यो त्याग्न पर्‍यो। नास्ट अन्तर्गत अनुसन्धान गर्ने भनेको छु।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्