काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा फ्रन्टलाइनमा खटिएका प्रहरीमध्ये अहिलेसम्म ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमण भएकामध्ये ३३ जना भने निको भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए। बाँकी १६ जनाको उपचार भइरहेको छ।
कपिलवस्तुमा कार्यरत ४, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा १०, सप्तरीमा ३, सिरहामा ३, सर्लाहीमा २, रौतहटमा ४, जुम्लामा २, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, काठमाडौंमा ४ र भक्तपुरमा १ गरी जम्मा ४८ प्रहरी कोरोना संक्रमित भएको प्रवक्ता शाहीले बताए।
तीमध्ये कपिलवस्तका २, धनकुटाका २, बाँकेका १, बाराका ७, सिरहाका ३, सप्तरीका २, धनुषाका ९, सर्लाहीका १, जुम्लाका २ र काठमाडौंका ४ गरी ३३ जना प्रहरी निको भएर ड्युटीमा फर्किसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।