काठमाडौं- दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिख देखि १० तारिखसम्म आयोजना गरेको भर्चुअल प्रतिस्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो।
प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रविधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन ‘वि आर आफर बट युनाइटेड’ भन्ने मूल नाराका साथ प्रतियोगितामा आयोजना गरेको हो।
उक्त प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो। प्रतियोगिता काता र कुमुते गरी दुई विधामा प्रतिस्पर्धामा संचालन भएको थियो भने सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक जितेका हुन्।
यसको साथै मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक जिते।
रजत पदक जित्ने खेलाडीहरुमा अनिल उपरकोटी, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनि राई रहेका छन् भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन्।
दश दिने प्रतियोगितामा नेपालसहित ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मारोक्को, बास्निया, इस्कोजिया, अलजेरिया, न्यूजरल्यण्ड र प्यलेस्टाइनका गरी ३ सय १० जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए। उतm प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।