सुर्खेत- भारतबाट आएर क्वारेन्टाइन बसी घर गएकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन्। सुर्खेतको सिम्ता गाउँपालिका-८, निवासी २५ वर्षीयाले असार १ गते उनले झुन्डिएर आत्महत्या गरेकी हुन्।
सिम्ता-८, सुर्खेतस्थित क्वारेन्टाइनमा बसेकी उनको आरडिटी परीक्षणमा भने कोरोना नेगेटिभ नतिजा आएको थियो। आरडिटी नेगेटिभ भएपछि उनी घर फर्किएकी थिइन्। क्वारेन्टाइनबाट घर गएको केही दिनमा नै असार १ गते झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो।
असार २ गते उनको शव मेहेलकुना अस्पताल, सुर्खेतमा ल्याइएको थियो। सोही दिन निजको कोभिड १९ को स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पठाइएको थियो। असार ३ गते आएको उनको पिसिआर परीक्षण नतिजा भने पोजिटिभ आएको प्रयोगशालाले जानकारी दिएको छ।
हाल निजको शव व्यवस्थापन भइरहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। उनी कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमण पुष्टि भएका चौथो मृतक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।