काठमाडौं- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा दिव्या सिंह शाह नियुक्ति भएकी छिन्। प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन्।
त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्राडा शाहलाई डिनमा नियुक्ति गरेको हो।
डा शाहले बिहीबार कार्यभार सम्हाल्ने जानकारी दिइन्।
प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सोमबार डा प्रदीप बैद्य, डा दिव्यासिंह शाह र डा उत्तम श्रेष्ठको नाम सिफासिर गरेको थियो।
त्रिवि कार्यकारी परिषद्ले सिफारिस भएका ३ जना मध्येबाट एक जनालाई आइओएमको डिन नियुक्त गर्ने व्यवस्था छ।
रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न जेठ २३ गते डा ज्ञवालीको संयोजकत्वमा कमिटी गठन भएको थियो। उक्त कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य थियो।
प्राडा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।