काठमाडौं- बुधबार नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण भएको जानकारी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ४० महिला र ५ सय ४६ जना पुरुषमा कोरोना संक्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना र सिराहाका १ जनामा कोरोना संकरमण पाइउको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ९ जना र झापाका २ जनामा कोरोना संक्रमण पाइएको छ। यस्तै जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा धनुषाका ४ जना, महोत्तरीका ५ जना, बाँकेका ७ जना र रौतहटका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा महोत्तरीका ६ जनामा यसको संक्रमण पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कपिलवस्तुका ८ जना, महोत्तरीका १८९, रौतहटका ३९, रुपन्देहीका ३, सर्लाहीका ६ जना र प्यूठानका १८ जनामा कोरोना संक्रमण पाइएको छ।
भरतपुर अस्पतालको प्रयोगशालामा ३ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका २२ जना र रौतहटका ७७ जनामा कोरोना संक्रमण पाइएको छ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ११ जना, पोखराको प्रयोगशालामा पर्वतका ३ जना र पूर्वी नवलपरासीका १७ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २६ जना, प्यूठानका २० जना, रुपन्देहीका ४, र अर्घाखाँचीका ८ जनामा समेत यसको संक्रमण पाइएको छ। भेरी अस्तपालको प्रयोगशालामा बाँकेका १ जना र बर्दियाका ३१ जनामा कोरोना संक्रमण पाइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ८ जना र सल्यानका २५ जना संक्रमित पाइएको छ। सुर्खेतको प्रयोगशालामा सुर्खेतका २ जना र दैलेखका पनि २ जनामा नै कोरोना संक्रमण पाइएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कालीकोटका १४ जना र सेती अस्पतालको प्रयोगशालामा कञ्चनपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
नेपालमा हालसम्म १ हजार १ सय ६७ जना निको भएका छन् भने २० जनाको भने यसको संक्रमणबाट मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। नेपालका ७३ जिल्लामा यसको संक्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।