काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राखिएको क्वारेन्टाइनमा प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका–५ का २८ वर्षीय श्रीराम चमार, सोही ठाउँका ३२ वर्षीय श्रीराम चमार र ३६ वर्षीय रामबालक हजरा दुसाद रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।
उनीहरू गत जेठ ३१ गते राति साढे १० बजेतिर पटेर्वासुगौली–५स्थित नेपाल राष्ट्रिय मावि स्कूलको क्वारेन्टाइनमा प्रवेश गरेका थिए। मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा जबरजस्ती प्रवेश गरेका उनीहरूले प्रहरीलाई समेत अभद्र व्यवहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।