• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोनाले वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौति बढायो- विज्ञ

कोरोना प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि तयार छौँ – राष्ट्र बैंक
64x64
नेपाल लाइभ मंगलबार, असार २, २०७७  २२:१७
1140x725

काठमाडौं- वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको 'म्यानेजिङ रिस्क एन्ड च्यालेन्जेज अफ फाइनान्सिएल सेक्टर-पोस्ट कोभिड प्यान्डेमिक' विषयक छलफल कार्यक्रममा उनीहरूले कोरोनाका कारण अप्रत्यासित जोखिम सिर्जना गरेको भन्दै सम्पूर्ण पक्षले मिलेर काम गर्नुपर्ने उल्लेख गरे। 

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोभिड १९ ले वित्तीय क्षेत्रमा तत्कालका लागि कर्मचारीको सुरक्षाको चुनौती देखिएको उल्लेख गरे। कार्यक्षेत्रमा पुग्नुपर्ने साथै ग्राहकहरुलाई नियमित सेवा दिनुपर्ने बाध्यताले जोखिम बढेको उनले बताए। 

आचार्यले सरकारले राहत प्याकेज ल्याउँदा ब्याजदरमा दिनुपर्ने छुटले चुनौती देखिएको उनले बताए। बैंक तथा वित्तीय संस्थाको आम्दानीमा गिरावट आएको उनको भनाइ छ। बैंकहरुको कर्जा बिग्रिने दर ह्वात्तै बढेको उनले बताए। ग्राहकहरुलाई सेवा दिने क्रममा प्रत्यक्षरूपमा भेट्नुपर्ने बाध्यताले पनि जोखिम बढाएको उनले उल्लेख गरे। 

उनले महामारीपछि ऋणीलाई ऋण भुक्तानीका लागि 'ग्रेस' अवधि दिइए पनि भविष्यमा खराब ऋण बढ्न सक्ने चिन्ता व्यक्त गरे। 'संभावित जोखिम न्यूनीकरणका लागि वित्तीय क्षेत्रले विशेष रणनीति बनाएर अघि बढ्नुपर्छ,' उनले भने, 'वित्तीय विवरणमा हुने परिवर्तनलाई पहिले नै सोचेर आवश्यक काम कारबाही गर्नुपर्छ।' वित्तीय क्षेत्रले कोरोनापछिको संकटको सामना गर्न अहिले नै रणनीति बनाउनुपर्ने उनको सुझाव छ।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले वित्तीय क्षेत्रले समस्षा भोग्नुपरेको भन्दै यसको असर बीमा क्षेत्रमा पनि देखिन थालेको बताएका छन्। उनले यस अवस्थामा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्नुपर्ने चुनौति बढेको उल्लेख गरे। 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सन् २००८ को आर्थिक संकटभन्दा कोरोनाको प्रभाव ठूलो रहेको उल्लेख गरे। उनले कोरोनाले वित्तीय अवस्थालाई नै परिवर्तन गरेको बताए। 'कोरोनाले अर्थतन्त्रको वृद्धिदरलाई रोकेको छ, खराब कर्जा बढाएको छ,' उनले भने। 

कोरोनाकै कारण सरकारको राजस्व पनि घटिरहेको उनले बताए। नेपाल राष्ट्र बैंकले कोभिड १९ ले पुर्‍याएको क्षतिलाई नजिकबाट हेरिरहेको भन्दै श्रेष्ठले व्यवसायमा यसको प्रभाव न्यूनीकरण गर्न पुनर्कर्जाको दायरा बढाइएको उल्लेख गरे। श्रेष्ठले पर्यटन तथा यात्रायात क्षेत्रमा कोभिडले सबैभन्दा धेरै असर पुर्‍याएको बताए। 

कोरोनाको प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि राष्ट्र बैंक तयार रहेको श्रेष्ठले बताए। उनले घट्दो रेमिट्यान्स नेपालका लागि अर्को चुनौतिको विषय भएको पनि उल्लेख गरेका छन्। 'यस चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्ने छौं,' उनले भने, 'प्रोभिजनिङ, ब्याज पुँजीकरण गर्नेदेखि लिएर बिजनेस इन्जिनियरिङ गर्नेसम्मका काम भैरहेको छ। नेपालका सम्पूर्ण नियमनकारी निकायको समन्वयमा एनएफआरएस लागू गरिएको छ। यसले वित्तीय प्रणालीलाई सुधार गरेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

छलफलमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अप्रत्याशित जोखिम बढ्न सक्ने संभावना बढेकाले त्यसलाई सामना गर्न रणनीति बनाएर अघि बढ्नुपर्नेम जोड दिए। उनले आन्तरिक र बाह्य दुवै रणनीति बनाएर नयाँ परिस्थितिमा अघि बढ्नुपर्ने उनको भनाइ छ। अहिलेको जोखिमले खराब कर्जा बढ्ने संभावना बढेको उनको भनाइ छ। 

यसैगरी साफाका अध्यक्ष जिया उल मुस्तफा अवानले कोभिड १९ का कारण दक्षिण एशियाली राष्ट्रका शेयर बजारले भारी अंकले गुमाएको बताए। सहजरुपमा कारोबार नहुँदा बजार धेरै अंकले गिरावट आएको उनको भनाइ छ। 

दक्षिण एशियाली राष्ट्रका वित्तीय क्षेत्रले कोभिड १९ ले पार्ने प्रभावलाई अग्रिमरुपमा मूल्यांकन गर्न नसक्दा समस्यामा परेको अवानले बताए। अहिले कर्जा बिग्रिने दर पनि बढेको उनले उल्लेख गरे। यस समयमा वित्तीय क्षेत्रमा तरलताको जोखिम पनि उत्तिकै रहेको उनको भनाइ छ। दक्षिण एसियामा कर्पोरेट डिफल्टरको समस्या पनि रहेको उनले बताए। 

परिवर्तित अवस्थामा बैंक तथा वित्तीय क्षेत्रले आर्टिफेसियल इन्टेलिजेन्समार्फत काम गर्नुपर्ने उनको भनाइ छ। 'हामीले प्रविधिमा आधारित सेवा प्रवाह गर्नुपर्ने चुनौति देखिएको छ, यस्तो समयमा लेखापरीक्षण तथा निरीक्षणको काम सबैभन्दा चुनौतिपूर्ण छ,' उनले भने। 

Xtrem

Xtrem

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले लकडाउका कारण वित्तीय क्षेत्रमा चुनौती थपिएको उल्लेख गरे। उनले लेखामानका मापदण्ड कायम गराउनु अहिलेको ठूलो चुनौति भएको बताए। ऋण बिग्रिनु पनि अर्को चुनौति रहेको उनको भनाइ छ। 

बजारमा नगद प्रवाह घटेको र वित्तीय साधनको प्रयोग कम हुन थालेकाले त्यसले चुनौती बढाएको उनको भनाइ छ। लेखापरीक्षण गर्दा वित्तीय मानहरूलाई कायम गर्नुपर्ने भए पनि ऋण बिग्रिँदा समस्या बढेको उनले उल्लेख गरे। समग्र दक्षिण एशियामै कोभिडको प्रभाव उस्तै किसिमको देखिएकाले यस्तो अवस्थालाई सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ छ। 

बंगलादेश चार्टर्ड एकाउन्टेन्ट्सका उपाध्यक्ष सबिर अहमदले कोभिडको महामारीपछि सम्पत्तीको मूल्यांकनमा समस्या थपिएको बताए। जोखिम व्यवस्थापन विभागले पनि यसका लागि धेरै हदसम्म काम गर्न नसक्ने उनको भनाइ छ। मौद्रिक स्थायित्व कायम गर्नुपर्ने उनले बताए। 

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्