काठमाडौं- मंगलबार थप ११७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, बाँकेबाट २९, नारायणी अस्पताल वीरगंजबाट ३, भीम अस्पताल भैरहवाबाट २६, दैलेखमा उपचाररत २५, कालिकोटबाट २४, दैलेखका ८ जना र सुर्खेतका २ छन्। यीमध्ये ८ जना महिला हुन् भने १०९ जना पुरुष छन्।
योसहित नेपालमा हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन्।
नेपालमा सोमबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।