काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
संस्थाले सर्वसाधारणको लागि ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्काशन गर्नेछ। उक्त शेयरमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि र २ लाख ३७ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणले पाउने छन्।
संस्थाले छिटोमा असार १४ गतेसम्म बिक्री खुला गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभए असार २४ गतेसम्म बिक्री खुला गर्नेछ। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम दुई लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।
प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार संस्थाले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने ‘केयर एनपी आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ।
प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत र सर्वसाधारणको हिस्सा ३२.१३ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।