• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

हुन्डी रोकिँदा बैंकको निक्षेप बढ्यो

लकडाउनमा एक खर्ब ३६ अर्बले निक्षेप बढ्दा कर्जा लगानी २९ अर्बले घट्यो
64x64
अरुण सापकोटा सोमबार, असार १, २०७७  १८:४२
1140x725

काठमाडौं- अवैधानिक बाटोबाट रेमिट्यान्स आउने क्रम रोकिएपछि बैंक तथा वित्तीय संथामा निक्षेप बढेको छ। लकडाउनले हुण्डी रोकिँदा वैधानिक च्यानलमार्फत पैसा आउन थालेसँगै बैंकमा निक्षेप बढेको हो। 

नेपाल सरकारले ८१ दिन लकडाउन गर्‍यो। अधिकांश आर्थिक गतिविधि भने ठप्प रह्यो। तर यसै अवधिमा वाणिज्य बैंकहरूले एक खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जेठ महिनामा मात्रै ५७ अर्ब रुपैयाँले बढेको छ। तर लकडाउनकै अवधिमा कर्जा लगानी भने २९ अर्ब रुपैयाँ घटेको छ। 

जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूले ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब १६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। लकडाउनले गर्दा नयाँ कर्जा विस्तार नहुँदा बैंकहरूमा पैसा थुप्रिदै गएको हो। अहिलेको अवस्थामा नयाँ कर्जाको माग शून्य रहेको नेपाल बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए।

विश्वस्तरमा फैलिएको कोभिड १९ ले विश्वकै अर्थतन्त्रलाई असर पुर्‍याएको छ। यसले विगतका महिनामा नेपाल भित्रिने रेमिट्यान्समा भारि गिरावट ल्यायो। नेपालमा भित्रिने रेमिट्यान्स वैधानिक तथा अवैधानिक दुवैतर्फबाट आउने गरेको छ। सरकारले हुण्डीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको भए पनि यो भित्र-भित्रै चलिरहेको अवस्था थियो। अन्तर्राष्ट्रिय उडानहरू ठप्प हुँदा हुण्डी हुने सम्भावना न्यून छ।  

कर्जाको माग नहुने तर निक्षेप भने बढिरहँदा बैंकहरूमा पैसा थुप्रिन थालेको छ। पैसा थुप्रिन थालेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटेको जानकारी दिन थालेका छन्। यस्तैगरी बैंकमा निक्षेप थुप्रिँदै जाने हो भने कर्जाको ब्याजदर 'सिङ्गल डिजिटमा' झर्ने शर्माको विश्लेषण छ।

कृषि उत्पादन, मेडिकललागायत अत्यावश्यक सेवाको क्षेत्र सुचारु रहेकोले यस क्षेत्रमा निक्षेप बढेको छ। यसै अवधिमा सरकारले राजस्वका लागि निजी क्षेत्रलाई दबाब दिएको थियो। सरकारको राजस्व तथा कर पनि बैंकिङ प्रणालीमै हुने भएकाले निक्षेप बढेको हो। 

वाणिज्य बैंकको निक्षेप तथा कर्जा लगानी

बाणिज्य बैंकको निक्षेप तथा कर्जा लगानी

Ncell 2
Ncell 2
nimb
nimb
 

महिना (रुअर्बमा)

निक्षेप

कर्जा

 
 

असार २०७५

2469.8

2110.76

 

असोज २०७५

2522.55

2245.59

 

पुस २०७५

2656.3635

2368.4

 

चैत २०७५

2703.31

2420.06

 

असार २०७६

2878.22

2497.93

 

साउन

2855.06

2507.19

 

भदौ

2865.53

2550.55

 

असोज

2972.97

2629.42

 

कात्तिक

2974.49

2639.81

 

मंसिर

2992.1

2665.89

 

पुस

3059.51

2731.2

 

माघ

3066.4

2750.45

 

फागुन

3140

2803

 

चैत

3189.37

2845.29

 

वैशाख

3214.34

2836.04

 

जेठ

3276.26

2816.38

 

लकडाउनको सुरुवाती अवस्थामा बैंकबाट पैसा झिक्नेको संख्या बढेको थियो। तर पछिल्लो समय तिनै निक्षेपकर्ताले पहिला झिकेको पैसासमेत जम्मा गर्न थालेका छन्। लकडाउनको अवधिमा घरमा पैसा राख्नुभन्दा बैंकमा राख्दा ब्याज आउँछ भनेर सर्वसाधारणले आफूसँग भएको नगद पनि बैंकमा लगेर राख्न थालेकाले निक्षेप संकलनमा वृद्धि भएको देखिएको हो। 

उनका अनुसार लकडाउनका कारण सर्वसाधारणले खर्च गर्न पाएका छैनन्। खर्च गर्न नपाउँदा भएको निक्षेप घट्ने अवस्था रहँदैन। साथै आन्तरिक रुपमा सञ्चालन भइरहेका खाद्यान्न, औषधिलगायत अत्यावश्यक व्यापार सञ्चालन भइरहेको छ। यसले गर्दा आन्तरिक रुपमा निक्षेप सिर्जना भइरहेको शर्माको भनाइ छ।   

सरकारले पछिल्लो समय विकास खर्च बढाइरहेको छ। विकास खर्च हुँदा बजार पैसा आउछ। सडक पुललागायत निर्माणका कार्य पनि भइरहेको छ। यसले बजारमा पैसा आउँछ। 

लकडाउनका कारण बैंकहरूमा कर्जाको माग नै नआएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। लकडाउन अवधिभर कसैको पनि नयाँ लगानी गर्ने कन्फिडेन्स नभएको हुँदा कर्जा जान नकसकेको शर्मा बताउछन्। सरकारले लगातार लकडाउन गर्दै आएको छ। सामान्य हिँडडुल पनि गर्न नपाउने भएपछि कसैले पनि नयाँ कर्जाको माग गर्न सक्ने अवस्था रहँदैन।

लकडाउनपछि भने बैंकहरूबाट राम्रैसँग कर्जा प्रवाह हुने शर्मा बताउँछन्। अहिले बैंकमा पैसा थुप्रिए पनि भोलिका दिनमा नयाँ निक्षेपको स्रोत थप सुक्दैछ। नयाँ कर्जाको माग आउने तर निक्षेपको स्रोत नहुनेबित्तिकै बैंकिङ प्रणालीमा पैसा नहुने शर्माको तर्क छ। अहिले कर्जा गएन भनेर आत्तिने ठाँउ नभएको उनी बताउँछन्। 

लकडाउन लम्बिँदै जाने र निक्षेपमात्रै बढ्दै जाने हो भने बैंकको खर्च बढ्दै जानेछ। यस अवधिमा बैंकहरूको सेवा शुल्क बापतको आम्दानी लगभग ठप्प छ। अर्को तर्फ ब्याज खर्च लगातार बढिरहेको छ। कर्जा बढ्नुको सट्टा घट्दै जाँदा ब्याज आम्दानी घट्दै जानेछ। 

निक्षेप र कर्जा लगानी तत्कालका लागि घटेपनि बैंकहरू भने समस्यामा नरहेको राष्ट्र बैंकका भट्ट बताउँछन्। बिग्रन सक्ने कर्जाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ। यसले बैंकहरूलाई केही राहत पुर्‍याउनेछ। कोभिड-१९ ले क्षति पुर्‍याएका क्षेत्र तर्फको कर्जामा उच्च जोखिम देखिँदैछ। यो बैंकहरूको मात्रै नभएर पुरै देशको समस्या भएको हुँदा यसलाई राष्ट्रिय स्तरबाटै समाधान गर्नुपर्ने हुन्छ। यसले गर्दा बैंकहरू भोलिका दिनमा समस्याग्रस्त अवस्थामा नपुग्ने भट्टको तर्क छ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्