सुर्खेत- कर्णाली प्रदेशले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि २५ करोड ६७ लाख ८३ हजार ४ सय २८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ प्रदेश बजेट सार्वजिक गर्दै कोरोना नियान्त्रण, रोकथाम तथा उपचारमा अहिलेसम्म प्रदेश सरकारले खर्च गरेको विवरण सार्जजनिक गरेका हुन्।
प्रदेशको कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा अहिलेसम्म ५२ करोड २४ लाख ३५ हजार ५ सय ६९ रुपैयाँ जम्मा भएको समेत उनले बजेट भाषणमा उल्लेख गरेका छन्।
प्रदेश सरकारले सबै जिल्लालाई ५० लाख रुपैयाँका दरले ५ करोड रुपैयाँ उपलब्ध गराएको समेत बजेटमा उल्लेख छ।
यसैगरी राहत, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि स्थानीय तहलाई १८ करोड २० लाख रुपैयाँ उपलब्ध गराएको समेत बजेटमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।