काठमाडौं- बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजकाे सर्जरी वार्ड सिल गरिएको छ।
उक्त वार्डलाई डिसइन्फेक्ट गर्नका लागि आइतबार एक दिनका लागि सिल गरीएको अस्पतालका असिस्टेन्ट डाइरेक्टर डा नितेश कनोडियाले जानकारी दिए।
उनका अनुसार अस्पतालका अन्यस सेवा भने सुचारु छन्। १० दिनअघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालमा कार्यतर डाक्टर, नर्ससहित २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
'बिरामीको अवस्था सामान्य छ,' उनले भने, 'उनलाई अस्पतालको कोभिड वार्डमा सारिएको छ।'
उनले प्रोटोकल अनुसार नै अस्पतालले बिरामीको उपचार सेवा अगाडि बढाएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।