काठमाडौं- तिनाउ मिसन डेभलपमेन्ट बैंकले असार २५ गते १३ औं वार्षिक साधारणसभा डाकेको छ।
बैंकको सञ्चालक समितिले साधारणसभामा चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। त्यसपछि कायम भएको पुँजीको तीन बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव साधारणसभा पेश गर्ने छ।
सधारणभाले संस्थापक शेयर धनीको तर्फबाट चार जना र सर्वसाधारणको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ।
बैंकको हालको चुक्ता पुँजी एक अर्ब १४ करोड रुपैयाँ छ। बोनस शेयरपछि एक अर्ब २८ करोड रुपैयाँ कायम हुनेछ। यसै पुँजीमा हकप्रद वितरणपछि एक अर्ब ७० करोड रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।