एजेन्सी- कोरोना भाइरसको महामारीमाथि नियन्त्रण गर्ने प्रयासमा रहेको चिलीका राष्ट्रपति सेबेस्टियन पिनयेराले यही समयमा स्वास्थ्य मन्त्रीको राजीनामा भोग्नुपर्ने भएको छ।
संकटको समयमा स्वास्थ्यमन्त्री खाएमे मान्यालिचले राजीनामा दिने घोषणा गरेका हुन्। राष्ट्रपतिले उनको स्थानमा नयाँ स्वास्थ्यमन्त्री नियुक्त गरेका छन्। विपक्षीले स्वास्थ्यमन्त्रीले पहिल्यै राजीनामा दिनुपर्ने भन्दै आएका थिए।
विपक्षीहरुले कोरोना नियन्त्रण गर्न स्वास्थ्यमन्त्री असफल भएको भन्दै तत्काल देशको स्वास्थ्य व्यवस्था परिर्वतन गर्न माग गरेका थिए। चिलीको नयाँ स्वास्थ्यमन्त्रीको रुपमा एनरिक पेरी नियुक्त भएका छन्। उनले महामारीसँग लड्न सरकारको आलोचना गरिरहेका व्यक्तिहरूको पनि राय लिइने घोषणा गरेका छन्। चिलीमा हालसम्म कोरोनाका कारण तीन हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।