काठमाडौं- कोरोनाका कारण माल्दिभ्समा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन जुन १५ मा गर्ने भनिएको उडान रद्द भएको छ। माल्दिभ्ससमेत हेर्ने श्रीलंकास्थित स्थित नेपाली दूतावासले उडान रद्द भएको सूचना सार्वजनिक गरेपनि यसको कारण भने सार्वजनिक गरेको छैन।
दूतावासले अर्को उडान कहिले हुने भनेर समेत खुलाएको छैन। ‘छुटेको सो उडानलाई निकट भविष्यमै सञ्चालन गरिनेछ। सो सम्बन्धमा आवश्यक जानकारी समेत छिट्टै गराइनेछ,’ विज्ञप्तिमा भनिएको छ।
माल्दिभ्सबाट पहिलो चरणमा २ सय ७८ नेपाली स्वदेश फर्काइने उल्लेख गरिएको थियो। नेपाल एयरलाइन्स जहाज चार्टरमार्फत् उनीहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको थियो।
माल्दिभ्सबाट नेपाल फर्कन सरकारले ४८० अमेरिकी डलर भाडा तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।