काठमाडौं- शनिबार ३६ जनासहित थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
नारायणी अस्तपालमा उपचार गराइरहेका ५ जना निको भएका छन् भने सप्तरीस्थित साइकृष्ण आइसोलेसन सेन्टरबाट २२ जना निको भएका छन्। बाेकबाट ८ जना निको भएका छन् भने भरपुरमा उपचार गराइरहेका ६ जनासमेत उपचारपछि निको भएका छन्।
योसहित नेपालमा हालसम्म ९१३ जना उपचारपछि निको भएका छन्। यीमध्ये ९१ पुरुष रहेका छन् भने बाँकी ८२२ पुरुषहरू हुन्।
नेपालमा हालसम्म १८ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।