घोराही- घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि ८३ लाख बरराबरको बजेट खर्च गरेको छ। क्वारेन्टाइन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७०५ रकम खर्च भएको उपमहानगरपालिकाले जनाएको छ।
कोरोना राहत कोषमा उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायतको ६६ लाख पाँच हजार ९ सय ११ रकम जम्मा भएको थियो। बन्दाबन्दीका समयमा आर्थिक रुपमा विपन्न ५ हजार ५ सय ४८ परिवारलाई गत वैशाख १५ गतेसम्म १८ लाख १७ हजार मूल्यको खाद्य सामग्री सहयोग गरिएको उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिए।
उपमहानगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा २७ लाखभन्दा बढी खर्च गरेको छ। विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउनेलाई राख्नका लागि १९ वटा वडाका ८५ स्थानमा क्वारेन्टाइन निर्माणका लागि २७ लाख ६ हजार ४ सय १२ रूपैयाँ खर्च गरिएको छ। ८५ स्थानमा ३ हजार ४ सय १६ शय्या क्षमता रहेको क्वारेन्टाइन निर्माण, आवश्यक फर्निचर र कपडालगायत सामग्री खरिदमा उक्त रकम खर्च भएको उपमहानगरपालिका, आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।