काठमाडौं- सरकारले लडकाउन खुकुलो पार्दै सबै सरकारी कार्यालय दुई सिफ्टमा संचालन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएको छ।
उनका अनुसार पहिलो सिफ्ट ८ देखि १ बजेसम्म हुनेछ भने दोस्रो सिफ्टमा १ देखि ६ बजेससम्म संचालन गर्न समेत सरकारले निर्णय गरेको छ। तर यसरी कार्यालय संचालन गर्दा सरकारले तोकेका सबै मापदण्ड पूरा गरी भौतिक दुरी कायम गर्न समेत सरकारले आह्वान गरेको छ।
यस्तैगरी डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय गरेको छ। डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। भिडभाड नियन्त्रण गर्न पहिलो चरणमा सपिङ मल खुला नगर्ने निर्णय गरेको सरकारले बताएको छ।
उनका अनुसार मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। भने साइकल र पैदल यात्रा समेत खुला गरिएको जानकारी मन्त्री खतिवडाले जानकारी दिए।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि जोर/बिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने जानकारी दिइएको छ। नर्सरी र व्यवसाय उद्यम तथा विकास आयोजनाका सबै काम समेत खुला गर्ने जानकारी दिइएको छ।
काठमाडौ उपत्यकाभित्र, अन्य जिल्लाभित्रमा जोरबिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने सरकारले स्पष्ट पारेको छ। तर यसरी संचालन गर्दा चालकबाहेक थप दुई जना मात्र बस्न पाइने छ।
क्वारेन्टाइनमा सञ्चालित होटल बाहेक अन्य नखुल्ने तर प्याकिङ गरी अन्यत्रै पठाउने सेवालाई भने संचालन गर्न दिने सरकारले निर्णय गरेको छ।
यो क्रम तीन साता चल्ने तर परिस्थिति हेरेर हेरफेर हुन सक्ने प्रवक्ता खतिवडाले जानकारी दिए।
सञ्चालनमा रोक लागिरहेका सेवाहरू
–तोकिए बाहेकका सबैप्रकारका सीमा नाकामा हुने आवतजावत
–सबै प्रकारका गोष्ठि,सेमिनार,भेला,प्रर्दशन तथा सम्मेलन।
–सिनेमा हल,पार्टी प्यालेस,डान्स बार लगायतका मनोरञ्जन स्थल
–सार्वजनिक पुस्तकालय,चिढियाखाना।
–शैलुन र ब्युटी पार्लर
– स्विमिङ पुल र जिमखाना लगायतका हेल्थ फिटनेश सेन्टर
–सपिङ मल
– समूहमा खेलिने सबै खेलहरु
–धार्मिक स्थलमा गरिने सबै प्रकारका कार्यहरु
–यात्रुवाहक सवारी साधन। (पर्यटक गाडी समेत)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।