काठमाडौं- नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँको नोट छाप्नका लागि आह्वान गरेको बोलकबोलका लागि आवश्यक मापदण्ड अनुसार नपरेपछि पुनः आह्वान गरेको छ।
राष्ट्र बैंकले पहिलो पटक चैत २० गते १९ करोड थान ५०० रुपैयाँको नोटका लागि डिजाइन, छपाइ र आपूर्तिको लागि बोलकबोल आह्वान गरेको थियो।
पहिलो पटक मापदण्ड अनुसार आवेदन नपरेपछि समय लम्बाएर जेठ २८ गतेसम्म तोकिएको थियो। हिजो २८ गतेसम्म पनि मापदण्ड अनुसार आवेदन नपरेपछि राष्ट्र बैंकले साउन ६ गतेसम्मको लागि समय लम्बाएको छ।
टेण्डर प्रस्ताव गर्दा एक करोड ९० लाख रुपैयाँभित्र रहेर गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।