काठमाडौं– मलेसियाबाट पहिलो ४ उडानमा नेपालीहरू फर्काइने भएको छ। हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्समार्फत पहिलो ४ उडानमा समस्यामा रहेका नेपालीहरू स्वदेश फर्काउन लागिएको दूतावासले जनाएको छ।
पहिलो उडान १५ जुन अर्थात असार १ गते नेपाल एयरलाइन्सले सिट क्षमताअनुसार नेपालीहरू ल्याउनेछ। १८ जुन अर्थात असार ४ गते हिमालय एयरले ल्याउनेछ।
२० जुन (असार ६ गते) नेपाल एयरलाइन्सले उडान भर्नेछ। २१ जुन (असार ७ गते) हिमाल एयरलाइन्सले उडान भर्नेछ। मलेसियाबाट नेपाल फर्कन भाडा ५२० अमेरिकी डलर अर्थात् २२२० मलेसियन रिग्रेट तोकिएको छ।
एयरलाइन्स वा तोकिएको एजेन्सीमार्फत टिकट खरिद गर्न सकिने दूतावासले जनाएको छ। उडान हुनु अगावै यात्रुले कोरोना संक्रमण भएको वा नभएकोे यकीन हुने स्वास्थ्य परीक्षण (आरडिटी वा पिसिआर) गराउनुपर्नेछ। निजी क्लिनिक वा अस्पताल गएर व्यक्ति स्वयंको खर्चमा सो परीक्षण गराउनुपर्ने दूतावासको भनाइ छ।
कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका व्यक्तिहरूमात्र स्वदेश फर्कन पाउनेछन्। स्वदेश फर्कँदा लाग्ने खर्च, स्वदेश फर्किएपछि क्वारेन्टाइनमा खर्च (होटलको हकमा), स्थानीय यातायातको खर्च व्यक्ति स्वयमले बेहोर्नुपर्नेछ।
मलेसियाबाट पहिलो चरणमा उद्धार गर्नुपर्नेको संख्या ६ हजार ४ सय २५ रहेको सरकारको सूचीमा उल्लेख छ।
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.15752-9/103002091_259766141763832_585099252919169538_n.jpg?_nc_cat=103&_nc_sid=b96e70&_nc_ohc=1_0CSkJ_V-MAX-VeSkj&_nc_ht=scontent.fktm7-1.fna&oh=ef5c10a6cc9e6b7e33be0c89f39bfbcb&oe=5F082BF4)
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.15752-9/104157589_741029573103707_3209272824162719721_n.jpg?_nc_cat=102&_nc_sid=b96e70&_nc_ohc=JfevrA0eQQkAX9PikFw&_nc_ht=scontent.fktm7-1.fna&oh=468aaedec60862b8f4fc792f7b09af51&oe=5F055B51)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।