काठमाडौं- विश्वभर ७३ लाख ५० हजार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख ९९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ७ लाख ७२ हजार ४ सय १६, रुसमा ४ लाख ९३ हजार २३, बेलायतमा २ लाख ९१ हजार ५ सय ८८, भारतमा २ लाख ७६ हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख १५ हजार २ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १२ हजार ८ सय ३३ छ। त्यस्तै, बेलायतमा ४१ हजार २ सय १३, ब्राजिलमा ३९ हजार ६ सय ८०, इटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ।
विश्वभर ३४ लाख ४७ हजार ९ सय १८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ५ लाख ३३ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, ब्राजिलमा ४ लाख १० हजार ९ सय ६, रुसमा २ लाख ५२ हजार २ सय ९५, जर्मनीमा १ लाख ७० हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ सय ७४ जना संक्रमणमुक्त भएका छन्। १५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।