काठमाडौं- बंगलादेशमा समस्यामा रहेका २३४ नेपालीहरु जेठ ३२ गते आइतबार स्वदेश फर्काइने भएको छ। नेपाल एयरलाइन्सबाट उनीहरुलाई स्वदेश फर्काइने भएको हो।
जसका लागि टिकट शुल्क १ सय ६५ अमेरिकी डलर अर्थात १९ हजार ९ सय ५८ तोकिएको छ। स्वदेश फर्कनेहरुले टिकट खरिद गरिसकेपछि दूतावासमा सम्पर्क गर्नु भनिएको छ। नेपाल फर्कन र फर्किसकेपछि लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले नै ब्यहोर्नुपर्नेछ।
यसअघि म्यानमारबाट २६ र युएईबाट १६८ जना नेपालीलाई सम्बन्धित देशले नै काठमाडौंसम्म ल्याइदिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।