काठमाडौं- बुधबार थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। यीमध्ये २ महिला हुन् भने ८८ जना पुरुष हुन्।
कोशी अस्पताल विराटनगरबाट ६ जना, काठमाडौंको बलम्बुस्थित अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना, जनकपुरस्थित अस्पतालबाट ३७ जना, सिराहाबाट २० जना र दाङमा उपचार गराइरहेका ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेका छन्। हालसम्म १५ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।