काठमाडौं- सरकारले विदेशबाट नेपाली नागरिकलाई उद्धार गरी काठमाडौं आउने उडान दिउँसोको समयमा मात्रै हुनुपर्ने निर्णय गरेको छ।
‘उद्धार उडान गर्ने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसोको ३ बजेभित्रै अवतरण गर्नेगरी आउनु पर्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाखरेलले भने, ‘३ बजेपछिको समयमा अवतरण अनुमति जारी हुँदैन।’
उद्धार गरी ल्याइएको नागरिकको व्यवस्थापनमा सहजताका लागि यस्तो निर्णय गरिएको उनले जानकारी दिए। उद्धार गरेका नागरिकलाई सुरक्षित तवरमा होल्डिङ सेन्टर लगी व्यवस्थापन गर्न रातको समयमा असहजता हुने भएपनि यस्तो निर्णय भएको हो।
केही दिनअघि मात्रै युएईबाट उद्धार गरेर ल्याएइका १ सय ६९ जना नेपाली नागरिक र अष्ट्रेलियाबाट आएका ११ जनाको व्यवस्थापनमा रातको समय परेका कारण असहजता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।