काबुल- अफगानिस्तानको एक कोइला खानीमा भएको विस्फोटमा परी १६ जनाले ज्यान गुमाएका छन्। उत्तरी अफगानिस्तानको उत्तरी क्षेत्र समानगान प्रान्तस्थित दारा-इ-सुफ बाला जिल्लामा भएको विस्फोटमा परी उनीहरूले ज्यान गुमाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
'मंगलबार दिउँसो यो दुखद् घटना भएको हो। मृतक ६ जनाको पहिचना भएको छ भने अन्य १० जनाको शव पहिचान हुने क्रममा छन्,' प्रान्तीय प्रहरी प्रमुखले सिन्ह्वासँग भनेका छन्।
तर स्थानीयहरूका अनुसार विस्फोट भएको समयमा उक्त स्थानमा ३० जना रहेका थिए। समानगान प्रान्तका डेपुटी गभर्नर सिफातुल्ला सामानगानीले भने अवैधानिक रूपमा संचालन भएका खानीमा विस्फोट भएको दाबी गरेका छन्। पर्याप्त सुरक्षा उपकरण बिना गरिएको उत्खननमा विस्फोट भएको उनको भनाइ छ।
अफगानिस्तानमा अवैधानिक खानीमा काम गर्नेहरूले विगत वर्षहरूमा पनि ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।