काठमाडौं- सरकारले चालु आर्थिक वर्षको १० महिनामा सरकारले ९ अर्ब ७८ करोड रूपैयाँ सेयर लगानी गरेको छ।
महालेखा नियन्त्र कार्यालयका अनुसार यो रकम चालु आवको साउनदेखि वैशाखसम्मका गरिएको लगानी हो।
यो अवधिमा सरकारले संस्थानमा २४ अर्ब ६२ करोड २३ लाख रूपैयाँ ऋण लगानी गरेको छ।
चालु आवमा सरकारले संस्थानको गत वर्षको नाफाबाट १३ अर्ब ९८ करोड रूपैयाँ लाभांश प्राप्त गरेको छ। यो अवधिमा सरकारले ७२ करोड ९० लाख रूपैयाँ साँवा प्राप्ति गरेको छ भने २ अर्ब ७ करोड रूपैयाँ ब्याज प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।