काठमाडौं- सरकराले चालु आर्थिक वर्षको १० महिनामा दातृ निकायबाट ४९ अर्ब ९६ करोड रूपैयाँ शोधभर्ना प्राप्त गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार शोधभर्ना अनुदान १५ अर्ब ९७ करोड र शोधभर्ना ऋण ३३ अर्ब ९९ करोड रूपैयाँ प्राप्त भएको छ।
सरकारले अब अनुदानतर्फ ६ अर्ब १९ करोड र ऋणतर्फ २२ अर्ब ७ करोड रूपैयाँ शोधभर्ना प्राप्त हुन बाँकी छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा अनुदानतर्फ ७ अर्ब २४ करोड रूपैयाँ खर्च भएको छ भने ऋणतर्फ २९ अर्ब ४९ करोड रूपैयाँ खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।