प्रतीकात्मक तस्बिर
काठमाडौँ- यस वर्षको मनसुन हप्तादिनभित्रै पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने प्रक्षेपण गरिएको छ। भारतको केरलामा जेठ १९ गते नै प्रवेश गरिसकेकाले यसवर्षको मनसुन पनि सदाझै केही ढिला गरी नेपाल प्रवेश गर्न लागेको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले प्रक्षेपण गरेको हो।
भारतको केरलामा जुन १ मा मनसुन प्रवेश गरेपनि नेपालमा भने ढिलागरी नेपाल प्रवेश गर्न थालेको महाशाखाकी मौसमविद शान्ति कँडेलले बताइन्। ‘भारतका केरला, कर्नाटक र आन्द्र प्रदेशमा मनसुन सक्रिय भइसकेको छ। बंगालको खाडीबाट समेत उत्तरतिर मनसुन सक्रिय छ,’ कडेलले भनिन्, ‘अहिले यही गतिले मनसुन सक्रिय भए नेपालमा ३/४ दिन देखि साताभित्रै नेपाल प्रवेश गर्ने देखिएको छ।’
नेपालमा मनसुन प्रवेश गर्न हप्तादिन भन्दा धेरै नलाग्ने महाशाखाको अनुमान छ। पूर्वी नेपाल प्रवेश गरेको मनसुन हप्ता दिनभित्रै पश्चिम नेपालसम्म पुग्ने गरेको छ। गत वर्ष असार ५ गतेदेखि मनसुन सुरु भई असोज २५ गते सकिएको थियो। सामान्यतया नेपालमा जुन १० प्रदेश गरी सेप्टेम्बर २३ सकिँदै आएको छ।
यस वर्षको मनसुन औषद हुने अनुमान
दक्षिण एसियन क्लाईमेट आउटलुक फोरमको अनलाइनबाट बसेको बैठकले नेपालमा देशैभर औषत वर्षा हुने अनुमान गरेको छ। तर, मनसुनको समयमा बाढी, पहिरो, चट्याङलगायत प्रकृतिक विपत्तिको सम्भावना भने उत्तिकै हुने मौसमविद् कँडेलले बताइन्। वर्षा र बाढीका कारण नेपालमा प्रत्येक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ।
औषत वर्षा हुँदा धन, मकै, कोदोलगायत मुख्य वालीमा असर पर्न सक्ने विज्ञहरुले औंल्याएका छन्। यदि खाद्यान्न उत्पादनमा कमी आए थप आयात बढ्न सक्ने देखिएको छ। यस वर्ष प्रि-मनसुनमा धेरै वर्षा भएकाले अधिकांश धानको बिउ राखिसकेका छन्।
हरेक वर्ष मनसुन ढिला गरी शुरु हुँदै
सन् २००९ देखि ढिलो गरी शुरु मनसुन सुरु हुने र ढिलो गरी सकिने गरेको छ। जलवायु परिवर्तनको असरका कारण मनसुन पनि ढिला हुन थालेको वातावरणविद्हरुले बताउँदै आएका छन्। नेपालमा हरेक जुन १० मा शुरु भई सेप्टेम्बर २३ तारिकमा सकिन्छ। तर, हरेक वर्ष मनसुन ढिला हुँदै गएको छ।
वर्ष सन् मनसुन शुरु मनसुन अन्त्य
२००८ जुन १० अक्टोबर १७
२००९ जुन २३ अक्टोबर १५
२०१० जुन १७ अक्टोबर १
२०११ जुन १५ अक्टोबर ७
२०१२ जुन १६ अक्टोबर २८
२०१३ जुन १४ अक्टोबर १९
२०१४ जुन २० अक्टोबर ७
२०१५ जुन १३ अक्टोबर ३
२०१६ जुन १५ अक्टोबर १२
२०१७ जुन १२ अक्टोबर १६
२०१८ जुन १६ अक्टोबर ६
२०१९ जुन २० अक्टोबर १२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।